वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) गुरुदत्त सुवेदीको बिदाइ ।

आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) गुरुदत्त सुवेदीको बिदाई गरिएको छ । भुमी व्यवस्था तथा सहकारी मन्त्रालय काठमाण्डौं सरुवा भई जान लाग्नु भएका सुवेदीलाई वालिङ नगरपालिकाले बिदाई गरेको हो ।
कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलिप प्रताप खाँणले नगरको बिकासमा महत्वपूर्ण योगदान पूर्याएको भन्दै अधिकृत सुवेदीको प्रशंशा गर्नुभयो । बिदाई भएर जानु भए पनि सुवेदीसँग वालिङले निरन्तर सहयोग र सहकार्य प्रमुख खाँणले स्पष्ट स्पष्ट पार्नु भयो ।


त्यस्तै नगर उपप्रमुख कल्पना तिवारीले स्मार्ट सिटिको अवधारणामा अगाडि बढिरहेको वालिङलाई अगाडि बढाउन अधिकृत सुवदीले खेलेको भुमिका आफूहरुले सदैव सम्झीरहने बताउनु भयो ।
त्यस्तै कर्मचारी मिलन केन्द्रका संरक्षक एवं ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्मा, नगर प्रवक्ता एवं वडा अध्यक्ष केदार काफ्ले, वडा अध्यक्ष अनन्तराज गैह्रे,शिक्षा शाखा प्रमुख बाबुराम साप्कोटा लगायतले आगामी दिनको लागि शुभकामना दिनु भएको थियो । सो अवसरमा
बोल्दै उपसचिव सुवेदीले वालिङमा काम गर्ने क्रममा सबैले सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो अझै यही नगरमा नै काम गरिरहुँ जस्तो लाग्छ, ।


कार्यक्रमको सञ्चालन राजस्व अधिकृत पदम प्रसाद पाण्डेले गर्नु भएको थियो ।
त्यस्तै वालिङ जेसीजले पनि सुवेदीलाई बिदाई गरेको छ । सो अवसरमा वालिङ जेसीज बर्ष २०१९ का अध्यक्ष राजु तिवारी, बर्ष २०२० का अध्यक्ष होमकान्त गौतम, शाखा निर्देशक राधाकृष्ण डुम्रे लगायतले बोलेका थिए ।
त्यस्तै कर्मचारी मिलन केन्द्र वालिङ, वालिङ उद्योग बाणिज्य संघ, कर्मचारी बचत तथा ऋण सहकारी संस्था लगायतले पनि सुवेदीलाई बिदाई गरेकाछन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP