गतिशिल महिला सहकारीको अध्यक्षमा पुन : कबिता तिवारी
आँधीखोला खबर :
गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन कविता तिवारी गैह्रे निर्वाचित हुनु भएको छ । सहरकारीको सातौ साधारणसभा तथा तेस्रो अधिबेशनबाट तिवारीको अध्यक्षतामा १३ सदस्यीय समितिको सर्वसम्मत रुपमा चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्ष पुर्णकला वोस्ति,सचिव इन्दिरा गैह्रे अधिकारी र सहसचिवमा देवि रेग्मी चयन हुनु भएको छ । त्यस्तै कोषाध्यक्ष कमला शर्मा पौडेल ,सहकोषाध्यक्ष चुत्र कुमारी थापा दुर्गा चयन भएकाछन् । यसैगरी सदस्यहरुमा भगवती शर्मा पाण्डे,सरस्वती श्रेष्ठ ,सीता खनाल,कविता भुषाल,शान्ति तिवारि, लिलादेवि उप्रेती र देवी बगाले चयन भएका निर्वाचन संयोजक लक्ष्मी रेग्मीले जानकारी दिनुभयो ।
यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजक जित कुमारी गुरुङ सदस्यमा गिता बस्याल ,जानुका पंगेनी चयन भएकाछन् ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै वालिङ नगरपालिका प्रमुख दिलिप प्रताप खाँणले सहकारी उत्पादनशीलमा लाग्नु पर्ने भनाई राख्नु भएको थियो ।
सहकारीमा ६ हजार भन्दा महिलाहरु आवद्ध रहेकाछन् ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


