गण्डकी प्रदेशका कर्मचारीको सरुवा मापदण्ड स्वीकृत
पाेखरा : गण्डकी प्रदेश सरकारले प्रदेशका कर्मचारीको सरुवा मापदण्ड पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषदले र १२ औँ तहका, प्रमुख सचिवले १० औँ तहसम्मका र अन्य तहका कर्मचारीलाई मन्त्रालयका सचिवले मातहतको कार्यालयमा सरुवा गर्न सक्नेगरि मापदण्ड ल्याइएको हो ।
निजामती सेवा ऐन अनुसार नै यो मापदण्ड बनाइएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयाे । समायोजनपछि अझै पनि प्रदेशमा कर्मचारी आउने क्रम बाँकी नै छ । विशेषगरि स्वास्थ्य क्षेत्रमा कर्मचारी अपुग नै छैन् । प्राविधिकतर्फका केही कर्मचारी भौतिक पूर्वाधार विकास मन्त्रालयले करारमा भर्ना गरेको छ ।
लोकसेवा ऐन पारित भएतापनि संघले निजामती ऐन पारित गरिनसकेको कारण आफैले कर्मचारी भर्ना गर्न नपाएको उहाँले बताउनु भयाे ।
बिहिबारको मन्त्रिपरिषद बैठकले प्रज्ञा प्रतिष्ठान विधेयक संसदमा पेश गर्न अनुमति दिएको छ । यो विधेयकको मस्यौदा सामाजिक विकास मन्त्रालयले ड्राफ्ट गरेको हो । सामाजिक विकास मन्त्रालयकै गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम स्थापना र संचालन गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेश गर्न बैठकले अनुमति दिएको छ ।
यस्तै, बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई ‘होमस्टे सञ्चालन सम्बन्धिको विधेयक’ को मस्यौदा तयार गर्न सैद्धान्तिक सहमती दिएको छ ।
आर्थिक मामिला मन्त्रालयका ‘सार्वजानिक ऋण व्यवस्थापन विधेयक’ र ‘आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व विधेयक’ लाई सैद्धान्तिक सहमति दिएको छ । बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका ६ वटा कार्यविधी पनि स्वीकृत गरेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


