गण्डकी प्रदेशका कर्मचारीको सरुवा मापदण्ड स्वीकृत
पाेखरा : गण्डकी प्रदेश सरकारले प्रदेशका कर्मचारीको सरुवा मापदण्ड पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषदले र १२ औँ तहका, प्रमुख सचिवले १० औँ तहसम्मका र अन्य तहका कर्मचारीलाई मन्त्रालयका सचिवले मातहतको कार्यालयमा सरुवा गर्न सक्नेगरि मापदण्ड ल्याइएको हो ।
निजामती सेवा ऐन अनुसार नै यो मापदण्ड बनाइएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयाे । समायोजनपछि अझै पनि प्रदेशमा कर्मचारी आउने क्रम बाँकी नै छ । विशेषगरि स्वास्थ्य क्षेत्रमा कर्मचारी अपुग नै छैन् । प्राविधिकतर्फका केही कर्मचारी भौतिक पूर्वाधार विकास मन्त्रालयले करारमा भर्ना गरेको छ ।
लोकसेवा ऐन पारित भएतापनि संघले निजामती ऐन पारित गरिनसकेको कारण आफैले कर्मचारी भर्ना गर्न नपाएको उहाँले बताउनु भयाे ।
बिहिबारको मन्त्रिपरिषद बैठकले प्रज्ञा प्रतिष्ठान विधेयक संसदमा पेश गर्न अनुमति दिएको छ । यो विधेयकको मस्यौदा सामाजिक विकास मन्त्रालयले ड्राफ्ट गरेको हो । सामाजिक विकास मन्त्रालयकै गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम स्थापना र संचालन गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेश गर्न बैठकले अनुमति दिएको छ ।
यस्तै, बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई ‘होमस्टे सञ्चालन सम्बन्धिको विधेयक’ को मस्यौदा तयार गर्न सैद्धान्तिक सहमती दिएको छ ।
आर्थिक मामिला मन्त्रालयका ‘सार्वजानिक ऋण व्यवस्थापन विधेयक’ र ‘आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व विधेयक’ लाई सैद्धान्तिक सहमति दिएको छ । बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका ६ वटा कार्यविधी पनि स्वीकृत गरेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


