सृजनात्मक तथा अनुसन्धनात्मक लेखन सम्वन्धी कार्याशाला गोष्ठी सम्पन्न
रामचन्द्र भट्टराई/चापाकोट :
सृजनात्मक लेखन तथा अनुसन्धनात्मक लेखन सम्वन्धी कार्याशाला गोष्ठी स्याङ्जाको चापाकोटमा सम्पन्न भएको छ । गण्डकी वाङमय प्रतिष्ठान चापाकोटको आयोजनामा आज चापाकोट ८ को मणिमुकुन्देश्वर संस्कृत गुरुकुल पाठशालामा एक दिने गोष्ठी गरिएकोे हो । प्रतिष्ठानका अध्यक्ष डाक्टर बासुदेव भण्डारीको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा त्रि.विका प्राध्यापक तथा साहित्य समालोचक लक्ष्मण प्रसाद गौतमले साहित्य रचना र अनुसन्धनात्मक लेख सम्वन्धी २ छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

चापाकोट क्षेत्रका करिव १ सय जना साहित्य अनुरागीहरुको सहभागीता रहेको गोष्ठीमा प्रस्तुत कार्यपत्र माथि नेपाल संसकृत विश्व विद्यालयका प्राध्यापक राधाकृष्ण गैरेले टिप्पणी गर्नुभएको हो । प्रतिष्ठानका उपाध्यक्ष गीतानाथ खनालको स्वागत बाट शुरुभएको गोष्ठीको संचालन प्रतिष्ठानका सचिव प्रमोद पंज्ञानीले गर्नु भएको थियो । गोष्ठीमा नेपाली साहित्यका विभिन्न विधाको रचना तथा अनुसन्धनात्मक लेख कसरी लेख्ने भन्ने सम्वन्धमा छलफल भएको थियो ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


