गल्याङ जेसीजको अध्यक्षमा दर्वेन्द्रदेव खनाल निर्वाचित
गल्याङ :
गल्याङ जेसीजको पहिलो अधिवेशनवाट दर्वेन्द्रदेव खनालको नेतृत्वमा नयाँ कार्यसमितीकाे चयन गरिएकाे छ ।

शुक्रवार कालिगण्डकी यातायात व्यवसायी संघको सभाहलमा सम्पन्न अधिवेशनवाट कार्यकारिणी उपाध्यक्षमा गोपीकृष्ण रेग्मी र ऋषि बश्याल निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा ज्ञानेन्द्र पाठक, साधना न्यौपाने, प्रकाश भुषाल र गिता भट्टराई निर्वाचित भएका छन् ।
सोही अवसरमा नवनिर्वाचित अध्यक्ष खनालले आफूले मनोनित गर्ने पदहरुमा कानुनी सल्लाहकारमा विष्णू अधिकारी, महासचिवमा खगेन्द्र भण्डारी, कोषाध्यक्ष सुनिल पाठक, सचिवमा रेश्मीराज न्यौपाने, तालिम निर्देशकमा प्रेम रेग्मीलाई मनोनित गरेका छन् ।

कार्यक्रममा मातृशाखा वालिङका पूर्व अध्यक्षहरुले गल्याङ जेसीजका संस्थापक अध्यक्ष शिव खनाललाई जेसीजको लोगो अंकित चाँदीको माला पहिराई दिएका थिए ।
अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका यूवा नेता तथा समाजसेवी गुरुप्रसाद भट्टराईले जेसीजको आस्था र गरिमा बचाईराख्न मुलमन्त्रवाट विचलित नभईकन नेतृत्व विकास र समाजसेवामा लाग्न आग्रह गरेका थिए । जेसीजको आस्थापाठमा लेखिएजस्तो विधिको शासन स्थापित गर्न निर्धक्क भएर लाग्न गल्याङ जेसीजलाई आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व उपाध्यक्ष अमृत अर्यालले निस्वार्थ मनोभाव लिएर सामाजिक सेवामा क्रियाशील हुन जेसीजमा आबद्ध सदस्यहरुलाई आग्रह गरेका थिए ।

अधिवेशनमा नेपाली काँग्रेसका नेता गुणनिधी काफ्लेले नवनिर्वाचित कार्यसमितीलाई बधाइ तथा शुभकामना दिर्दै टिका तथा माला लगाईदिएका थिए । भने कार्यक्रममा मातृशाखाका अध्यक्ष राजु तिवारी, भिरकोट जेसीजका संस्थापक अध्यक्ष उमेश गुरुङ, मातृशाखाका पूर्व अध्यक्षहरु तथा पदाधिकारीहरु, गल्याङ उद्योग वाणिज्य संघका पदाधिकारीहरु, कालिगण्डकी यातायात व्यवसायी समितीका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


