सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औँँ वार्षिक साधारण सभामा मन्त्री अर्यालले सहकारी विकासको दिशातर्फ जानुपर्ने बताउनु भएको हो । राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अर्न्तगत समेटेको भन्दै मन्त्री अर्यालले ‘एक सहकारी एक रोजगारी’ अनिवार्य रुपमा लागु गरेर जानुपर्ने बताउनुभयो ।
‘सहकारीसँग पूँजी र जनशक्ति दुवै भएकाले उद्यशीलतामा जान सम्भव छ । यसबाट रोजगारी सिर्जना गर्न सकिन्छ । फलस्वरुप वैदेशिक रोजगारीमा जाने ठूलो संख्यालाई स्वदेशमै रोक्न सकिन्छ’, मन्त्री अर्यालले भन्नुभयाे ।

राज्यले सन् २०३० सम्ममा गरिबी शून्यमा झार्ने लक्ष्य लिएको उल्लेख गर्दै अहिले रहेको १८ प्रतिशत गरिबीको संख्या न्यूनीकरण गर्न सहकारीले भूमिका खेल्नुपर्ने बताउनुभयो । सहकारीमा उद्यशीलता नारा बनाएर जान सुझाव दिँदै मन्त्री अर्यालले काम सुरू गरिहाल्न आग्रह गर्नुभयो ।
मन्त्री अर्यालले भन्नुभयाे, ‘काम गर्न चाहँदा हातखुट्टा बाँध्ने कानुन फ्याँक्ने अभियानमा छौँ । सहकारीमैत्री कानुन पहिलो शर्त हो । यसवर्ष सहकारीमैत्री कानुन बनाउने कुरा सम्पन्न गरौँ।’
बचत तथा ऋण सहकारी संस्थाहरूको संख्या धेरै हुँदा प्रगतिमा बाधक हुने भएकोले सहकारीको संख्या कम गर्ने अभियान जानुपर्ने उहाँकार्म भनाइ थियाे ।
भोलिको सम्भावित जोखिमको विश्लेषण गरेर सचेत हुनुपर्ने भन्दै उहाँले त्यसलाई एक मर्जर गरेर कम बनाउने र दुई निष्क्रिय रहेका संस्थाको खारेजीमा जानुपर्ने बताउनुभयो ।
समयसापेक्ष सहकारीलाई प्रविधिमैत्री बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले सहकारीलाई प्रविधीमैत्री गरेरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…