चापाकोट सहकारीकाे १३ औं बार्षिक साधरण सभा सम्पन्न

रामचन्द्र भट्टराई /चापाकोट :

चापाकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड चापाकोट स्याङ्जाले १३ औं बार्षिक साधरण सभा सम्पन्न गरेको छ । चापाकोट सुन्तलीटारमा कार्यक्रम गरि बार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष सरस्वती देवी भट्टराईको अध्यक्षतामा भएको १३ औं बार्षिक साधरण सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीहरुले शेयर सदस्यहरुको बचतलाई उत्पादनमूलक काममा लगानी गर्नुपर्ने बताउनु भयो ।

संस्थाका उपाध्यक्ष हरी रेग्मीको स्वागत बाट शुरु भएको कार्यक्रममा संसथाका संस्थापक अध्यक्ष हरी पंज्ञानी,जिल्ला समन्वय समिति स्याङ्जाका सदस्य विष्णु प्रसाद आचार्य,ने का चापाकोट नगर सभापति रामचन्द्र पंज्ञानी,जनसेवा सहकारी चापाकोटका अध्यक्ष हिरण्यलाल आचार्य, आत्म निर्भर बहुउद्देश्यीय महिला सहकारी संस्थाका अध्यक्ष गायत्री आचार्य लगायतले बाेलेका थिए ।

अध्यक्ष सरस्वती देवी भट्टराईबाट संस्थाको १ करोड ५ लाख ५२ हजार शेयर पुँजी र ३ करोड २७ लाख ऋण लगानी सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा संस्थाका ४ जना उत्कृष्ट शेयर सदस्य ,५ जना असल ऋणी, ५ जना असल बचतकर्ता,१ जना जेष्ठ नागरिक र ४ जना बाल बचत कर्तालाई सम्मान गरिएको छ ।

कार्यक्रमको संचालन संस्थाका संचालक समितिका सदस्य मोहन के सी ले गर्नुभएको हो । २०६४ सालमा चापाक‍ोटमा स्थापना भएको यश सहकारी संस्थामा १ हजार २ सय ३६ जना शेयर सदस्य रहेको बताईएक‍ो छ ।

Facebook Comments Box
TOP