जनताको साथले नै नगरको बिकास हुन्छ नगर प्रमुख गिरी
विश्व भट्टराई/चापाकोट :
चापाकोट नगरपालिका प्रमुख शिव कुमार गिरिले जनताको साथले नै नगरको बिकास सम्भव भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, बिकास निर्माणमा नगरवासीले साथ दिनु पर्दछ । चापाकोट १ मगरे मा रहेको गह्रौंकालिका युवा क्लवले आयोजना गरेको क्लब स्तरीय भलिबल प्रतियोगिताको समापन गर्दै नगर प्रमुख गिरीले आफूहरु जनताको साथ लिएर दीगो बिकास गर्ने अभियानमा लागिरहेको स्पष्ट पार्नु भयो ।
नगरप्रमुख गिरिले चापाकोट नगरपालिकाले खेलकुद मा ठुलो लगानी गरेको भन्दै युबा खेलाडीहरुलाई त्यसको सदुपयोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा युबा नेता प्रदिप गिरि, सामाजिक परामर्श दाता राजकुमार मल्ल ,कार्यपालिका सद्स्य सुर्य माझी ,वडा नम्बर १ का अध्यक्ष टिकाराम तिवारी लगायतले बोल्नु भएको थियोे क्लबका अध्यक्ष मीन बहादुर रानाको अध्यक्षता मा भएको कार्यक्रम को संचालन युबराज थापाले गर्नु भएको थियो ।
माघ १ गते बाट सुरु भएको खेल शुक्रबार समापन भएको हो । भलिबल प्रतियोगितामा प्रथम जि यम समाज, दितिय आयोजक गह्रौंकालिका युवा क्लव, तृतिय तल्लो ताप्के भएका छन । प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुनेले क्रमश ४० हजार २५ हजार १५ हजार पाएकाछन ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


