वालिङमा खुल्यो व्यापारीको अर्काे संस्था “ वालिङ चेम्वर अफ कमर्स”

आँधीखोला खबर/वालिङ :
वालिङमा चेम्वर अफ कमर्सको स्थापना गरिएको छ । प्रकाश न्यौपानेको अध्यक्षतामा कमर्सको गठन गरिएको हो । जसको उपाध्यक्षमा बरुण गैह्रे,महासचिवमा शम्भु अर्याल र सचिवमा गणेश राउत रहनु भएको छ । त्यस्तै कोषाध्यक्षमा किरण खाँण र सहकोषाध्यक्षमा सृजना श्रेष्ठ रहनु भएको छ । सदस्यहरुमा पुष्पा अर्याल,बिष्णु हमाल, भिमलाल लुईटेल,हिरा बहादुर थापा, भगवती डुम्रे पराजुली,श्याम सुनार र मेम बहादुर गुरुङ रहेकाछन् ।

अध्यक्ष -प्रकाश न्यौपाने


संस्थाको पहिलो बैठक बिहिबार सम्पन्न भएको छ । अध्यक्ष न्यौपानेको अध्यक्षतामा बसेको बैठकले पौष २७ र २८ गते हुने केन्द्रीय महाधिवेशनमा सहभागी हुने निर्णय गरेको छ । त्यस्तै कमर्सले व्यवसायीको आर्थिक र सामाजिक बिकासका लागि भेला गोष्ठी गर्ने निर्णय गरेको छ ।
संस्थाको जिल्ला प्रशासन कार्यालय स्याङ्जामा दर्ता गरिएको हो । संस्थाको दर्ता नम्वर २५८३ रहेको छ ।
यो सँगै वालिङमा व्यवसायीका दुई फरक फरक संस्था भएकाछन् । यस अघि बिगत लामो समय देखि वालिङ उद्योग बाणिज्य संघ क्रियाशिल रहेको छ । १६ सय भन्दा बढि व्यवशायी सदस्य रहेको वालिङ उद्योग बाणिज्य संघको २०५४ मा स्थापना भएको हो ।

Facebook Comments Box
TOP