वालिङमा खुल्यो व्यापारीको अर्काे संस्था “ वालिङ चेम्वर अफ कमर्स”
आँधीखोला खबर/वालिङ :
वालिङमा चेम्वर अफ कमर्सको स्थापना गरिएको छ । प्रकाश न्यौपानेको अध्यक्षतामा कमर्सको गठन गरिएको हो । जसको उपाध्यक्षमा बरुण गैह्रे,महासचिवमा शम्भु अर्याल र सचिवमा गणेश राउत रहनु भएको छ । त्यस्तै कोषाध्यक्षमा किरण खाँण र सहकोषाध्यक्षमा सृजना श्रेष्ठ रहनु भएको छ । सदस्यहरुमा पुष्पा अर्याल,बिष्णु हमाल, भिमलाल लुईटेल,हिरा बहादुर थापा, भगवती डुम्रे पराजुली,श्याम सुनार र मेम बहादुर गुरुङ रहेकाछन् ।

संस्थाको पहिलो बैठक बिहिबार सम्पन्न भएको छ । अध्यक्ष न्यौपानेको अध्यक्षतामा बसेको बैठकले पौष २७ र २८ गते हुने केन्द्रीय महाधिवेशनमा सहभागी हुने निर्णय गरेको छ । त्यस्तै कमर्सले व्यवसायीको आर्थिक र सामाजिक बिकासका लागि भेला गोष्ठी गर्ने निर्णय गरेको छ ।
संस्थाको जिल्ला प्रशासन कार्यालय स्याङ्जामा दर्ता गरिएको हो । संस्थाको दर्ता नम्वर २५८३ रहेको छ ।
यो सँगै वालिङमा व्यवसायीका दुई फरक फरक संस्था भएकाछन् । यस अघि बिगत लामो समय देखि वालिङ उद्योग बाणिज्य संघ क्रियाशिल रहेको छ । १६ सय भन्दा बढि व्यवशायी सदस्य रहेको वालिङ उद्योग बाणिज्य संघको २०५४ मा स्थापना भएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


