इलाका प्रशासन वालिङबाट पहिलो पटक प्रजिअको सेवा शुरु ।

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
जनतालाई सहज सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यता राख्न सकिन्छ भन्ने उदाहरण अहिले स्याङ्जाका सिडियोले देखाउनु भएको छ । जनतालाई सर्वसुलभ तवरबाट सेवा प्रवाह गर्नुपर्छ भन्ने मनोभाव राख्न सके गर्न सकिन्छ भन्ने बिषयलाई स्याङ्जाका सिडियोले उजागर गर्नु भएको हो । विगतका सिडियोहरुले जिल्ला सदरमुकाममै बसेर जनताको काम गरिरहेका बेला केही समय पहिला स्याङ्जा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारीले स्याङ्जाका जनताले सेवाप्रवाहमा दुख पाउनु हुदैन भनेर उदाहरणीय काम गर्नु भएको हो ।
जिल्ला सदरमुकाम पुतलीबजारमा रहेको जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाह अबदेखि इलाका प्रशासन कार्यालय वालिङबाट पनि सञ्चालन हुने भएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले हरेक शुक्रवार इलाका प्रशासन कार्यालय वालिङबाट जनताको सेवा प्रवाह गर्न शुरु गर्नु भएको हो । जिल्लाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै इलाका प्रशासनबाट सेवा लिने सेवाग्राहीका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न भन्दै प्रजिअ कुरुम्बाङ्ले कार्यको शुरुवात गर्नु भएको हो ।

जनसंख्याको आधार र सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट भन्दा इलाका प्रशासन कार्यालयबाट बढी हुदै आएको छ । ४० प्रतिशत नागरिकता, एमआरपी पासपोर्ट जिल्ला प्रशासनबाट वितरण हुन्छ भने ६० प्रतिशत वालिङबाटै हुदै आएको छ । इलाका प्रशासन प्रमुखको तह भन्दा माथिबाट गर्नु पर्ने कामका लागि प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था अनुरुप वालिङ तथा पश्चिमका जनता जिल्ला सदरमुकाम पुग्नु पर्ने बाध्यता रहदै आएको थियो ।
संघिय सरकारको निर्देशन अनुसार जनताको नजिक बसेर सेवा प्रवाह गर्नु भन्ने अदेशलाई पालना गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिनुभयो । कर्मचारी सरकारको प्रतिनिधि हो प्रजिअ कुरुम्बाङ्ले भन्नुभयो, “जनतालाई दुख दिने काम कर्मचारीबाट हुनुहुदैन ।” जनताको सेवकका रुपमा काम गरेमा जनताबाटै आर्शिवाद हामीले पाउछौ उहाँले थप्नुभयो । राष्ट्र सेवक कर्मचारीबाट जनतालाई दुख दिनुहुन्न भन्ने मान्यता अनुरुप जिल्लामा खटिएका कर्मचारीलाई पनि सोही बमोजिम निर्देशन दिएको प्रजिअ कुरुम्बाङ्को भनाई छ ।
गैह्रसरकारी संस्था, नागरिकता संसोधन, विपत व्यवस्थापन, सुरक्षा लगायतका बिषयका लागि यस भेगका जनता जिल्ला सदरमुकाम पुग्नुपर्छ । प्रजिअ हरेक शुक्रवार वालिङ आउने भएपछि यहाँका जनता निकै खुशी भएका छन् । सिडियो मार्फत हुने कामका लागि सदरमुकाम जानुपर्ने बाध्यतालाई वालिङबाटै सहजता मिल्ने भएपछि खुशी भएको स्थानीय समाजसेवी लक्ष्मीकान्त रेग्मीले बताउनु भयो । प्रजिअबाट राम्रो कामको थालनी भएको छ समाजसेवी रेग्मीले भन्नुभयो, “अब यस भेगका नागरिकलाई धेरै सुविधा मिल्नेछ ।” अत्यन्तै हलुका पन र जनतालाई ठुलो मानेर काम गर्ने सिडियोको रुपमा चिनेको र अहिले सम्म यस्तो सिडियो आफुले नपाएको रेग्मीले स्पष्ट पार्नु भयो ।

संघिय र प्रदेश सरकारको मातहतमा रहेका हरेक सरकारी निकायको काम अब हरेक शुक्रवार वालिङबाट हुने बताइएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठक पनि इलाका प्रशासनमा बसेर यस क्षेत्रमा हुदै आएका समस्या हल गर्ने रणनीति प्रजिअको छ । पौष १८ गतेदेखि प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष समेत इलाका प्रशासनमा बनाइएको छ । इलाका प्रशासनबाट प्रजिअको सेवा प्रवाह गर्ने कामको थालनीने कर्मचारीमा पनि उच्च मनोबल बढेको इलाका प्रशासन प्रमुख दामोदर शर्माले बताउनु भयो । आज यो कार्यलय निकै उज्यालो भएको महशुष गरेको छु प्रमुख शर्माले भन्नुभयो,“जिल्लाकै प्रमुख प्रशासक इलाकामा बसेर जनताको काम गर्दा हलुका महशुष भएको छ ।” यो कार्यले जनतालाई धेरै सुविधा हुने शर्माले बताउनु भयो । इलाका प्रशासनमा बसेर सेवा प्रवाह गर्ने प्रजिअ सम्ववत नेपालमै यो पहिलो हुन सक्ने अनुमान गरिएको छ । देशभरीका सिडियोहरुको कार्यमुल्याङ्कनमा उत्कृष्ट भएका स्याङ्जाका प्रजिअले जनताको नजिक बसेर सेवा प्रवाह गर्ने कामको शुरुवात भएको छ यसको निरन्तरता र अन्य प्रजिअले पनि सिक्नु आवश्यक देखिन्छ ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…