प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ र प्रहरी प्रमुख जिसीलाई स्वागत एवं सम्मान
भवानी अधिकारी/स्याङ्जा :
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र प्रहरी उपरीक्षक जनार्दन जिसीलाई स्वागत एवं सम्मान गरिएको छ ।
निर्माण ब्यवसायी संघ स्याङ्जाले केही महिनाअघि स्याङ्जा सरुवा भई आउनु भएका प्रजिअ कुरुम्वाङ र प्रहरी प्रमुख जिसीलाई आफनै कार्यालय भवनमा स्वागत एवं सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै प्रजिअ कुरुम्वाङले मुलुकको विकास र समृद्धीसंगै जोडिएको विकास निर्माणको पाटोलाई मजबूत र बलियो बनाउन निर्माण ब्यवसायी र कर्मचारीबीच सहकार्य हुनु पर्ने बताउनुभयो । प्रजिअ कुरुम्वाङ्ले समग्र जिल्लाको विकासका लागि ब्यवसायीसंग सहकार्य गर्दे गुणस्तरीय निर्माणमा सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक जनार्दन जिसीले समग्र जिल्लाको विकासमा शान्ति, सुब्यवस्था कायम गर्दै विकास निर्माणका कार्यमा सहयोग पुरयाउने बताउनुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष गजिन्द्रप्रकाश मल्लले ब्यवसायीका काम, कर्तब्य अधिकार र समस्याका बारेमा जानकारी गराउनुभएको थियो । निर्माण ब्यवसायी संघका अध्यक्ष बुद्धिमान शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकोषाध्यक्ष राजु अधिकारीले स्वागत एवं महासचिव कृष्ण पोखरेलले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


