बिरुवा अध्यक्ष कप प्रतियोगिता:जनसहभागिताले नै विकास र समृद्धि संभव छ-मन्त्री अर्याल ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
भुमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले जनसहभागिताले नै विकास र समृद्धि संभव भएको बताउनु भएको छ । स्याङ्जाको विरुवा गाउँपालिकामा शुक्रबार शुरु भएको तेस्रो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्दघाटन गर्दै मन्त्री अर्यालले जनस्तरको सहभागिताले नै गरिविको अन्त्य गर्न सक्ने स्पष्ट पार्नु भएको हो ।
स्वास्थ जीवनका लागि खेलको महत्वपूर्ण भुमिका रहने भन्दै मन्त्री अर्यालले खेलाडीको बृत्ती बिकासमा सरकार प्रतिबद्ध रहको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा संविधान सभा सदस्य टेकू नेपाली, प्रदेश सभा सदस्यद्धय दिपक चर्तीमगर र मिनप्रसाद गुरुङ, नेकपा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, नेकपा विरुवाका अध्यक्ष कृष्णबहादुर थापा, कागे्रसका नेता युवराज केसी, वडा अध्यक्ष श्रीप्रसाद थापा लगायतले बोलेका थिए ।
गाउपालिका अध्यक्ष चुनप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडा नम्वर ८ का अध्यक्ष प्रकाश थापाले र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले गर्नुभएको थियो ।
तेस्रो अध्यक्ष कप प्रतियोगितामा पुरुष तर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमशः ६० हजार, ४५ हजार २५ हजार र १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने महिलातर्फ २५ हजार, १५ हजार, १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …