शक्तिशाली सरकारले युवाहरुको पक्षमा काम गर्न सकेन : सांसद मल्ल
आँधीखोला खबर/स्याङ्जा :
गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले शक्तिशाली सरकार बन्दा पनि युवाहरुको पक्षमा काम गर्न नसकेको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो, युवाको पक्षमा काम गर्न ढिला भईसकको छ तर सत्ताधारीको यसमा कुनै वास्ता नै छैन ।
पुतलीबजार नगरपालिका वडा नम्वर १० मा स्वर्गीय राजेन्द्र राना मगरको नवौं स्मृतिमा आयोजना गरिएको सेभेन ए साईड फुटवल प्रतियोगिताको समापन गर्दै मल्लले युवाहरुले सक्रियता देखाउने बेला आएको बताउनु भयो । साँसद मल्लले युवा शक्ति रोजगारीको शिलशिलामा बिदेशमा बस्नु पर्ने अवस्थाले समेत नेपालमा उत्पादकत्व बढ्न नसकेको बताउनु भयो ।

प्रतियोगिताको उपाधी राङखोला युवा क्लवले जितेको छ । उसले ७१ हजार १ सय ७१ सहित शिल्ड र मेडल हात पारेको हो । त्यस्तै दोस्रो भएको पुतलीबजार ११ को स्मृति युवा क्लवले ४१ हजार १ सय ४१ पुरस्कार पाएको छ । त्यस्तै तेस्रो भएको भुम्रे युवा क्लवले २१ हजार १ सय २१ पुरस्कार पाएको छ ।
कार्यक्रम याम बहादुर थापाको सभापतित्वमा र प्रकाश कोईरालाको सञ्चालनमा सम्पन्न भएको नेबिसंघका नेता धनराज पौडेलले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


