बेल्जियममा भ्रमण बर्षको प्रचारप्रसार
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
सरकारले २०२० लाई नेपाल भ्रमण बर्षको शुभारम्भ गरेसगै बेल्जियममा रहेका नेपालीहरुले प्रचार प्रसारका लागि सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् । युरोप यात्रामा आएका स्याङ्जा निवारी कलाकार खुमन अधिकारी, गायीकद्धय रमिला न्यौपाने र भिमु गुरुङको साथमा बिन खातीले भ्रमणबर्षलाई लक्षित राखेर गोधुली सन्ध्या चलाएको स्याङ्जा समाज बेल्जियम परिवारका महासचिव हुमनाथ पाण्डेले जानकारी दिए । बेल्जियमको आन्तवेरपेन शहरमा यो कार्यक्रम आयोजना गरिएको थियो । नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने लक्ष्य सहित यो कार्यक्रम आयोजना गरिएको थियो महासचिव पाण्डेले भने,“नेपाल बाहिर रहेको नेपालीहरुको पनि भ्रमणबर्षलाई सफल बनाउने दायीत्य हो ।”
देशको मात्रै नभएर आफ्नो गृह जिल्ला स्याङ्जाको पनि धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न यो कार्यक्रम गरिएको उनले भने ।
कार्यक्रमबाट उठेको रकमलाई स्याङ्जा लगायत मुलुकका विभिन्न क्षेत्रमा सामाजिक कार्यमा खर्चिने आयोजकले जनाएका छन् । समाजले स्याङ्जाबाट बेल्जियम गएर बसोवास वा काम गर्दै आएका व्याक्तिको अफठ्यारोमा सहजिकरण गर्दै आएको छ ।
यस भन्दा अगाडी स्याङ्जाका युवक बेल्जियममा दुर्घट्नामा परेर निधन भएपछि उनको परिवारलाई आर्थिक सहयोग समाजले गरेको थियो । यस्ता कार्यक्रमले सरकारले लक्षित गरेको भ्रमण बर्षमा २० लाख पर्यटकहरु नेपाल भित्राउनेमा सघाउ पुग्ने विश्वास गरिएको छ । सरकारले पनि विदेशमा बस्ने नेपालीलाई भ्रमणबर्ष सफल बनाउन सहयोग गर्नु आवश्यक देखिन्छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


