वालिङमा जारी विच भलिबलकाे फाईनल : रिसोर्ट ग्रिन हिलले जित्यो उपाधि।

आँधीखोला खबर/वालिङ :
स्याङ्जा जिल्लामा नै पहिलोे पटक आयोजना गरिएको विच भलिबल प्रतियोगिताको उपाधि रिसोर्ट ग्रिन हिलले जितेको छ । वण्डरफूल वालिङ पर्यटन विकास संस्थाले आयोजना गरेको ‘प्रथम वालिङ सांस्कृतिक तथा आन्तरिक पर्यटन रमाईलो मेला २०७६’ का अवसरमा विच भलिवल प्रतियोगिताको आयोजना गरिएको थियो ।
आज भएको फाईनल खेलमा पतुलीबजार नगरपालिका ७ को समुहलाई पराजित गर्दै वालिङ १ रामबाच्छाको ग्रिन हिलले उपाधी जितेको हो । पुरुष बिधामा मात्रै भएको प्रतियोगितामा गह्रांैसुर धार्मिक पर्यटकीय केन्द्र तेस्रो भएको छ भने विधान स्पोर्ट हाउस वालिङ ८ चौथो अर्थात सान्त्वना भएको छ ।

समापन कार्यक्रममा पुरस्कार वितरण गर्नुहुँदै वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाँणले जिल्लामा नै पहिलो पटक आयोजना गरिएको खेलले छुट्टै रौनक ल्याएको बताउनु भयो । उहाँले खेलकै माध्यमबाट नेपाल र नेपालीको पहिचान अन्तराष्ट्रिय जगतमा पुगेको बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमश रु ३०, २०, १२ र ८ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको खेल संयोजक दिपेन्द्र खाँणले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा रामबाच्छाकै रवि सेन्चुरी घोषित हुँदै २ हजार नगद सहित प्रमाण पत्रले सम्मानित हुनुभएको छ ।
वण्डरफूल वालिङ पर्यटन विकास संस्थाका अध्यक्ष दिनकर नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार निर्भिकनारायण भुर्तेलले गर्नुभएको थियो
समाचार
थप सामाग्री
रेडक्रस मानव सभ्यता बचाउने संस्था हो : सांसद थापा
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधि सभा सदस्य सांसद राजु थापाले रेडक्रस मानव सभ्यता बचाउने संस्था भएको बताउनु भएकाे छ । नेपाल रेडक्रस…