वालिङमा जारी विच भलिबलकाे फाईनल : रिसोर्ट ग्रिन हिलले जित्यो उपाधि।

आँधीखोला खबर/वालिङ :
स्याङ्जा जिल्लामा नै पहिलोे पटक आयोजना गरिएको विच भलिबल प्रतियोगिताको उपाधि रिसोर्ट ग्रिन हिलले जितेको छ । वण्डरफूल वालिङ पर्यटन विकास संस्थाले आयोजना गरेको ‘प्रथम वालिङ सांस्कृतिक तथा आन्तरिक पर्यटन रमाईलो मेला २०७६’ का अवसरमा विच भलिवल प्रतियोगिताको आयोजना गरिएको थियो ।
आज भएको फाईनल खेलमा पतुलीबजार नगरपालिका ७ को समुहलाई पराजित गर्दै वालिङ १ रामबाच्छाको ग्रिन हिलले उपाधी जितेको हो । पुरुष बिधामा मात्रै भएको प्रतियोगितामा गह्रांैसुर धार्मिक पर्यटकीय केन्द्र तेस्रो भएको छ भने विधान स्पोर्ट हाउस वालिङ ८ चौथो अर्थात सान्त्वना भएको छ ।


समापन कार्यक्रममा पुरस्कार वितरण गर्नुहुँदै वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाँणले जिल्लामा नै पहिलो पटक आयोजना गरिएको खेलले छुट्टै रौनक ल्याएको बताउनु भयो । उहाँले खेलकै माध्यमबाट नेपाल र नेपालीको पहिचान अन्तराष्ट्रिय जगतमा पुगेको बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमश रु ३०, २०, १२ र ८ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको खेल संयोजक दिपेन्द्र खाँणले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा रामबाच्छाकै रवि सेन्चुरी घोषित हुँदै २ हजार नगद सहित प्रमाण पत्रले सम्मानित हुनुभएको छ ।
वण्डरफूल वालिङ पर्यटन विकास संस्थाका अध्यक्ष दिनकर नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार निर्भिकनारायण भुर्तेलले गर्नुभएको थियो

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP