अमोरका वालवालिकालाई कालिका लघुवित्त को १ लाख सहयोग
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाको फेदीखोला–१ स्थित अमोर सेवा (वाल गृह)लाई स्याङ्जाको वालिङ केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाले मंगलबार रु. १ लाख नगद सहयोग गरेको छ । आमाबुवा नभएका अनाथ वालवालिकाहरुको संरक्षण तथा लालन पालन गर्दै आएको अमोर वालगृहमा गण्डकी प्रदेश सभा सदस्य तथा विधायन समिति सभापति मोहन रेग्मीको प्रमुख आतिथ्यतामा कालिका लघुवित्त वित्तीय संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक कृष्ण खाँण, प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा, बरिष्ठ प्रबन्धक केशव प्रधान, पायनियर कलेजका प्राध्यापक नाँसिर खान एवं पत्रकार लगायतको उपस्थितिमा वालगृहका अध्यक्ष कमला पराजुलीलाई चेक मार्फत उक्त सहयोग हस्तान्तरण गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका बिधायन समितिका सभापति मोहन रेग्मीले वाल गृहको भौतिक पुर्वाधार विकास तथा वाल गृह सम्म पुग्ने बाटो मर्मत एवं पक्की बनाउनको लागि सहयोग गर्ने तथा अन्य सहयोग खोज्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संस्थाको सामाजिक उत्तरदायित्व कोषबाट उक्त सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बोहराले जानकारी गराउनु भयो । वाल गृहमा हाल २० जना अनाथ वालवालिकाहरु रहेको र वाल गृह संचालनको लागि विदेशी संघ संस्थाहरुको सहयोग नलिई मुठी दान र स्वदेशी दाताहरुबाट नै गृह सञ्चालन गरिरहेको गृहका अध्यक्ष पराजुलीले बताउनु भयो । उहाँले हाललाई वालवालिकाहरुको संख्या बढ्दै गएकोले थप नयाँ भवन बनाउनको लागि दाताहरुको खोजी गरिरहेको पनि बताउनु भयो । यसको लागि स्थानीयतह, केन्द्रीय तह तथा मनकारी दाताहरुलाई प्रस्तावना बुझाइएको उहाँले बताउनु भयो

वार्षिक रुपमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सकेको सहयोग गर्दै जाने र अन्य दाताहरुको खोजी गर्नमा व्यक्तिगत रुपमा सहयोग गर्दै जाने वित्तीय संस्थाका अध्यक्ष कृष्ण खाँणले जानकारी दिनुभयो ।
कालिका लघुवित्तले गत पौष २३ गते जनसेवी लघुवित्त वित्तीय संस्था लि.लाई गाभेर एकिकृत कारोवार गरेको अवसर संगाल गृहलाई सहयोग गरेको हो । संस्थाले हाल २८ वटा जिल्लामा ९६ वटा शाखा कार्यालयहरुबाट करिब ६० हजार सदस्यहरुलाई सेवा पुर्याइरहेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


