वालिङमा पाँच दिवसीय राजयोग मेडिटेसन हुने ।
आँधीखोला खबर/वालिङ :
स्याङ्जाको वालिङमा पाँच दिवसीय राजयोग मेडिटेसन हुने भएको छ । ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय वालिङ शाखाको आयोजनामा शिबिर सञ्चालन हुन लागेको हो । “तनावमुक्त खुशीयाली जीवन एवम् समृद्ध राष्ट्रका लागि राजयोग मेडिटेशन” भन्ने नाराका साथ आगामी मंसिर २६ गतेबाट ३० गते सम्म शिबिर सञ्चालन हुन लागेको बिश्वबिद्यालय वालिङका सञ्चालिका कविताले ेजानकारी दिनुभयो ।
उहाँले बर्तमान् समयमा बढ्दै गईरहेको तनाव एवम् अव्यवस्थित जीवनशैली, पारिवारिक तथा सामाजिक आवश्यकताको पूर्ती, व्यवसायिक प्रगती,जीवनस्तरका अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले मानिस तनावयुक्त जीवन जीउन बाध्य भएको बताउनु भयो । उहाँले भन्नुभयो,“गृहस्थ जीवनबाटै वास्तविक सुख,शान्ति, आनन्द र प्रेमपूर्वक जीवन जिउनकला कार्यक्रममा बताईनेछ ।”
प्रशिक्षणमा म को हुँ र म कहाँबाट आएँ, स्वःअनुभूति तथा सकारात्मक सोचको शक्तिको विकास, परमात्म—शक्ति एवं वरदान प्राप्त गर्ने विधि, जीवनमा हुने बास्तविक घटनाहरुको रहस्य, सृष्टिको आदि मध्य अन्तको रहस्य, आपसी सम्बन्धमा सुमधुरता, तनाव एवं क्रोधमुक्त जीवन जिउने कला र शान्ति एबं खुशीको अनुभति गर्ने विधि लगायतका बिषयमा प्रशिक्षण दिईने बताईएको छ ।
निशुल्क रुपमा सञ्चालन हुने राजयोग प्रशिक्षणमा राजु घलेले प्रशिक्षण दिनुहुने छ । मध्यान्ह १२ बजेबाट
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


