वालिङमा पाँच दिवसीय राजयोग मेडिटेसन हुने ।
आँधीखोला खबर/वालिङ :
स्याङ्जाको वालिङमा पाँच दिवसीय राजयोग मेडिटेसन हुने भएको छ । ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय वालिङ शाखाको आयोजनामा शिबिर सञ्चालन हुन लागेको हो । “तनावमुक्त खुशीयाली जीवन एवम् समृद्ध राष्ट्रका लागि राजयोग मेडिटेशन” भन्ने नाराका साथ आगामी मंसिर २६ गतेबाट ३० गते सम्म शिबिर सञ्चालन हुन लागेको बिश्वबिद्यालय वालिङका सञ्चालिका कविताले ेजानकारी दिनुभयो ।
उहाँले बर्तमान् समयमा बढ्दै गईरहेको तनाव एवम् अव्यवस्थित जीवनशैली, पारिवारिक तथा सामाजिक आवश्यकताको पूर्ती, व्यवसायिक प्रगती,जीवनस्तरका अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले मानिस तनावयुक्त जीवन जीउन बाध्य भएको बताउनु भयो । उहाँले भन्नुभयो,“गृहस्थ जीवनबाटै वास्तविक सुख,शान्ति, आनन्द र प्रेमपूर्वक जीवन जिउनकला कार्यक्रममा बताईनेछ ।”
प्रशिक्षणमा म को हुँ र म कहाँबाट आएँ, स्वःअनुभूति तथा सकारात्मक सोचको शक्तिको विकास, परमात्म—शक्ति एवं वरदान प्राप्त गर्ने विधि, जीवनमा हुने बास्तविक घटनाहरुको रहस्य, सृष्टिको आदि मध्य अन्तको रहस्य, आपसी सम्बन्धमा सुमधुरता, तनाव एवं क्रोधमुक्त जीवन जिउने कला र शान्ति एबं खुशीको अनुभति गर्ने विधि लगायतका बिषयमा प्रशिक्षण दिईने बताईएको छ ।
निशुल्क रुपमा सञ्चालन हुने राजयोग प्रशिक्षणमा राजु घलेले प्रशिक्षण दिनुहुने छ । मध्यान्ह १२ बजेबाट
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


