विश्व प्रजातान्त्रीक युवा मञ्चको उपाध्यक्षमा पर्बतका सुन्दर भुषाल निर्वाचित
काठमाडौँ : विश्व प्रजातान्त्रीक युवा मञ्च (डब्लुएफडीवाई) को अन्तर्राष्ट्रिय उपाध्यक्षमा नेपालका सुन्दर भुषाल निर्वाचित हुनुभएको छ । साइप्रसमा भएको मञ्चको २०औँ अन्तर्राष्ट्रिय सम्मेलनले भुषाललाई उपाध्यक्षमा निर्वाचित गरेको हो । उहाँ नेपालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी हुनुभएको थियो । युवा संघको विदेश विभाग उपप्रमुख समेत रहेका भुषाल यसअघि सोही मञ्चको एसिया क्षेत्र संयोजक हुनुभएको थियो । विश्वका ६३ देशका ९५ युवा संगठनहरु आबद्ध रहेको यस मञ्चको अन्तर्राष्ट्रिय अध्यक्ष भने स्पेनका अरित आरजी निर्वाचित हुनुभएको छ । नेकपाको उदाउँदो नेताका रुपमा चिनिनुभएका भुषाल सवै पार्टीका नेता कार्यकर्ताहरुबीच लोकप्रिय हुनुहुन्छ । पर्बतको बिहादी गाँउपालिका उराम स्थायी घर भई काठमाडौमा बस्दै आउनु भएका भुषाल सफल युवा उद्यमी पनि हुनुहुन्छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


