स्याङ्जा :पानी सञ्चालक पक्राउ
स्याङ्जा — पिउनका लागि प्रयोग गरिँदै आएको पानीमा दिसामा हुने कोलिफर्म भेटिएपछि यूकी पानीका सञ्चालक देवेन्द्र श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको माध्यमबाट जिल्ला प्रशासन कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–२ मा रहेको डिकेएस मिनिरल वाटर उद्योग प्रालि कालाखोलाबाट उत्पादित प्रशोधित (यूकी) पानीको नमूना गुणस्तर परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौं पठाइएको थियो। परीक्षण नतिजा गुणस्तरहिन भेटिएपछि प्रशासन कार्यालयले कालोबजार, केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम उद्योग सञ्चालकलाई पक्राउ गरी कारबाहीको लागि अगाडी बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर करुम्बांगले जानकारी दिए।
प्रजिअ कुरुम्बांगका अनुसार खानेपानी हैजाको कारण मानिने कोलिफर्मको जीवाणु भेटिएको थियो। प्रशासन कार्यालयले बुधबार उक्त उद्योगलाई उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध लगाउँदै शिलबन्दी गरेको छ। अर्को पत्र नआएसम्म उद्योगलाई बन्द रहने छ। उद्योगले सामान्य मापदण्डसमेत नअपनाई काम गर्दै आएको प्रशासन कार्यालयले बताएको छ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


