वालिङ जेसिजको अध्यक्षमा होमकान्त गौतम निर्बाचित ।

आँधीखोला खबर/वालिङ :
वालिङ जेसिजको अध्यक्षमा होमकान्त गौतम निर्बाचित हुनु भएको छ । आज भएको १७ साधारणसभा तथा १६ औं अधिबेशनले गौतमको अध्यक्षतामा सन् २०२० का लागि नयाँ कार्यसमितिको चयन गरेको हो ।
नव गठित समितिको कार्यकारी उपाध्यक्षमा अशोक तिवारी र सन्दिप कंढेल रहनु भएको छ त्यस्तै उपाध्यक्षहरुमा अमृत बगाले, शंकर सुवेदी, राधा तिवारी अधिकारी र शंकर पौडेल रहनु भएको छ । त्यस्तै अध्यक्ष गौतमले कानुनी सल्लाहकारमा निवर्तमान् महासचिव धुर्ब पंगेनीलाई चयन गर्नु भएको निर्बाचन समितिका संयोजक भिम प्रसाद पंगेनीले जानकारी दिनुभयो ।
निर्वाचित भए पछि अध्यक्ष गौतमले सबैको सहकार्य र सहयोगमा आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP