वालिङ जेसिजको अध्यक्षमा होमकान्त गौतम निर्बाचित ।
आँधीखोला खबर/वालिङ :
वालिङ जेसिजको अध्यक्षमा होमकान्त गौतम निर्बाचित हुनु भएको छ । आज भएको १७ साधारणसभा तथा १६ औं अधिबेशनले गौतमको अध्यक्षतामा सन् २०२० का लागि नयाँ कार्यसमितिको चयन गरेको हो ।
नव गठित समितिको कार्यकारी उपाध्यक्षमा अशोक तिवारी र सन्दिप कंढेल रहनु भएको छ त्यस्तै उपाध्यक्षहरुमा अमृत बगाले, शंकर सुवेदी, राधा तिवारी अधिकारी र शंकर पौडेल रहनु भएको छ । त्यस्तै अध्यक्ष गौतमले कानुनी सल्लाहकारमा निवर्तमान् महासचिव धुर्ब पंगेनीलाई चयन गर्नु भएको निर्बाचन समितिका संयोजक भिम प्रसाद पंगेनीले जानकारी दिनुभयो ।
निर्वाचित भए पछि अध्यक्ष गौतमले सबैको सहकार्य र सहयोगमा आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


