भीरकोटमा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता

आँधीखोला खबर/स्याङ्जा :
भीरकोट ५ थालेखर्कमा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्दघाटन गर्दै संविधान सभा सदस्य राजु थापाले नागरिक स्वस्थ हुनका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ । नेता थापाले दुई तिहाईको कम्युनिष्ट सरकार साना तिना विषयमै अल्झिएको आरोप लगाउनु भयो
निशान युवाक्लब भीरकोट नगरपालिका ५ थालेखर्कले आफ्नो दास्रो वार्षिकोत्सव तथा दिवाली पुर्णिमाको अवसरमा गाउँस्तरीय भलिबलको आयोजना गरेको हो ।
कार्यक्रममा नगरप्रमुख छायराम खनालले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।
नेकपाका भीरकोट नगर अध्यक्ष मिनप्रसाद कोईराला, वडा नं ५ का अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मण लगायतले बोल्नुभएको थियो । क्लबका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत गोविन्द थापा र सञ्चालन सचिव अमृत थापाले गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमले क्रमशः ५१ हजार, ३१ हजार, २१ हजार, ११ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवले जनाएको छ ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…