भीरकोटमा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता
आँधीखोला खबर/स्याङ्जा :
भीरकोट ५ थालेखर्कमा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्दघाटन गर्दै संविधान सभा सदस्य राजु थापाले नागरिक स्वस्थ हुनका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ । नेता थापाले दुई तिहाईको कम्युनिष्ट सरकार साना तिना विषयमै अल्झिएको आरोप लगाउनु भयो
निशान युवाक्लब भीरकोट नगरपालिका ५ थालेखर्कले आफ्नो दास्रो वार्षिकोत्सव तथा दिवाली पुर्णिमाको अवसरमा गाउँस्तरीय भलिबलको आयोजना गरेको हो ।
कार्यक्रममा नगरप्रमुख छायराम खनालले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।
नेकपाका भीरकोट नगर अध्यक्ष मिनप्रसाद कोईराला, वडा नं ५ का अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मण लगायतले बोल्नुभएको थियो । क्लबका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत गोविन्द थापा र सञ्चालन सचिव अमृत थापाले गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमले क्रमशः ५१ हजार, ३१ हजार, २१ हजार, ११ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


