भीरकोटमा सरसफाई केन्द्रको उद्घाटन

तोलाकान्त बगाले/वालिङ :
स्याङ्जाको भीरकोट नगरपालिकाले स्थापना गरेको सरसफाई केन्द्रको आईतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । सरसफाई केन्द्र तथा फोहोरकारुपमा फालिने बस्तुहरु समुदायबाट खरिद गरेर संकलन गर्ने कार्यको शुभारम्भ गर्दैै भीरकोट नगर प्रमुख छायाराम खनालले फोहोरलाई मोहोरमा परिणत गर्ने कार्यको थालनी भएको बताए ।
धेरै नगरपालिकाहरुमा फोहोर मैला चुनौतिकोरुपमा रहेका बेला भीरकोट नगरपालिकाले पनि फोहोर मैला संकलन गरी त्यसको वर्गीकरण गरेर बिक्री वितरण गरेर आर्थिक लाभ लिन थालेको नगर प्रमुख खनालले बताए । नगरपालिकाले कुहिने÷नकुहिने तथा शिसाजन्य बस्तुहरु संकलन गरेर हालै निर्माण सम्पन्न भएको सरसफाई केन्द्रमा लगेर बर्गीकरण गर्न थालेको हो ।
“फोहोर मैलाको पुनः प्रयोग गर्न सकेको खण्डमा त्यो फोहोर नभई आम्दानीको स्रोत हो” नगर प्रमुख खनालले भने, “अब भीरकोट नगरबासीले घर घरमा फोहोरको वर्गीकरण गरेर छुट्टाछुट्टै राख्नुहोस् नगरपालिकाको गाडी आएर लैजान्छ ।”

नगरपालिकाको मात्रै प्रयासले भीरकोट सफा नहुने भएकाले नगरबासीको पनि सहयोग आवश्यक रहेको नगर प्रमुख खनालले बताए । नगर प्रवक्ता दिपेन्द्र केसीको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह नगर प्रमुख छायाराम खनालको सभापतित्वमा सम्पन्न भएको थियोभने सञ्चालन योजना अधिकृत यामप्रसाद रेग्मीले गरेका थिए ।
यसैबीच आईतबार नै भीरकोट नगरपालिका १ गजौदीमा रहेको माझीबस्तीमा छलफल एवं अन्तरक्रिया गरिएको छ ।
‘गरीबसँग मेयर’ कार्यक्रम अन्तर्गत माझी समुदायको बस्तीमा नमूना कृषि फर्म सञ्चालन गरी रोजगारी सिर्जना गर्ने विषयमा अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख छायाराम खनालले गरीब तथा विपन्न परिवारको जीवनस्तर माथि उकास्नका लागि सीप र अवसर प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै माझी समुदायलाई लक्षित गरी कार्यक्रम ल्याएको उल्लेख गरे ।
नमूना कृषि फर्म सञ्चालनका लागि उक्त समुदाय स्वयंले सञ्चालन गर्ने वा नगरपालिकाले सञ्चालन गर्ने फर्ममा जागिरकोरुपमा के गर्न सकिन्छ भन्ने विषयमा छान्ने अवसर दिईएको भीरकोट नगरपालिकाले जनाएको छ । ‘गरीबसँग मेयर’ कार्यक्रमबाट आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारहरुको आर्थिक अवस्था सुदृढिकरणका लागि उपयोगी हुने नगर प्रवक्ता दिपेन्द्र केसीले बताए ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…