दोस्रो भीरकोट महोत्सव फागुन १ देखि सञ्चालन हुने ।


भवानी अधिकारी/स्याङजा :
आउदो फागुन १ देखि ११ गतेसम्म दोस्रो भीरकोट महोत्सव हुने भएको छ । भीरकोट उद्योग वाणिज्य संघले प्रादेशिक औधोगिक कृषि, पर्यटन, सांस्कृतिक एवं औद्योगिक व्यापार मेलाको आयोजना गर्ने भएको हो ।
समृद्ध भीरकोट महोत्सवको आधार, कृषि, पर्यटन, आँधीखोलाको उपहार भन्ने नाराका साथ महोत्सव गरिने भएको भीरकोटमा शुक्रवार आयोजित पत्रकार सम्मेलन मार्फत संघले जानकारी गराएको हो । सम्मेलनमा बोल्दै भीरकोट नगरप्रमुख छायाराम खनालले सकारात्मक सोँचका साथ अगाडि बढ्नुपर्ने बताउदै मेलाको सबै व्यवस्थापनमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
मेला महोत्सवबाट स्थानीय पुँजी अड्याउने वातावरण बनाउन र स्थानीय उत्पादन, बजारीकरण तथा जानकारीका लागि यस्ता मेलाले स्थानीय कृषक तथा व्यापारीलाई उत्साहित बनाउने नगर प्रमुख खनालको भनाई छ । महोत्सवबाट बचत रकमले संघको भवन निर्माणका लागी जग्गा खरिद सहित भवन निर्माण निर्माणमा खर्चिने जनाइएको छ ।
नेपाल भम्रण वर्ष सन २०२० लाई समेत लक्षित गर्दै महोत्सवको आयोजना गरिने रस्थानीय कृषिजन्य उत्पादनलाई विशेष प्राथामिकता दिईने भीरकोट वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसीले जानकारी दिनुभयो । अर्गानिक कृषि उत्पादनको बजारीकरण गर्दै उत्पादनमा कृषकहरुलाई प्रोत्साहन गर्ने र स्थानीय व्यापारी व्यवसायीलाई प्रर्वद्धन गर्न महोत्सवले सहयोग पुरयाउने बताउदै नगरपालिकासंग सहकार्य गर्दै भीरकोटलाई समृद्ध बनाउन सहयोगी भूमिकामा रहने उहाले भन्नुभयो । महोत्सव अवलोकनकर्तालाई यहाँका होमिस्टेहरुमा बस्ने ब्यवस्था समेत मिलाइएको केसीको भनाई छ । महोत्सव अवधिभर यातायात सहज हुने र स्याङ्जाली कलाकारहरुलाई प्राथामिकता दिईने बताउनुभयो ।
महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति, रत्यौली प्रतियोगिता, फलफूल तथा तरकारी प्रतियोगिता, पशुपंक्षी प्रतियोगिता, लोकभजन प्रतियोगिता, विद्यालय तथा क्लबस्तरीय नृत्य प्रतियोगिता, लोकभजन प्रतियोगिता, बिभिन्न कला, संस्कृती, जातजातीका झाँकी, स्थानीय तह स्तरीय पन्चेबाजा प्रतियोगिता तथा समदायमा आधारित सांस्कृतिक झाँकी प्रतियोगिता समेत राखिने भएको छ । मेलामा ४ करोडको व्यापारिक कारोबार हुने र साढे ३ लाख दर्शक भित्र्याउने लक्ष्य लिईएको छ ।
महोत्सवमा कृषि तथा पशुपंक्षी बिक्री तथा प्रदशनी, ताजा तरकारी , अटोमोबाईल, जडीबुटि, फोटो , शैक्षिक सामाग्री , जातिय संस्कृतिको भिडियो , मह , गोट चिज, हस्तकला लगायत बिभिन्न घरेलु उत्पादन प्रदर्शनी तथा बिक्री गर्ने ब्यवस्था मिलाइने भएको छ । महोत्सवमा २ सय भन्दाबढी स्टलहरु राखिनेछन ।


गण्डकी प्रदेश सदरमुकाम एवं पर्यटनको राजधानी पोखराबाट करिब ५० किलोमीटर र स्याङजा जिल्ला सदरमुकामबाट १८ किलोमीटर दक्षिणमा रहेको जिल्लाकै मध्य भागमा सडकयात्राको पहुच मा रहेको बयरघारी बजार सबैको लागि पाएक थलो हो । आधीखोला किनारमा रहेको भीरकोट १ सिसौघारी मैदानमा हुने महोत्सवमा यहाँका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी यहाका स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने महोत्सवको लक्ष्य रहेको छ । महोत्सवमा प्याराग्लाईडिङको समेत व्यवस्था गरिने भएको छ ।
महोत्सवमा साधारण टिकटतर्फ ५० रुपैँया र विद्यार्थी तथा जेष्ठ नागरिकका लागी ३० रुपैँया तोकिएको छ । महोत्सवका स्थानीय व्यापारीहरुलाई विशेष छुट र कृषकहरुको लागी निशुल्क स्टल उपलब्ध गराईने संघले जनाएको छ । भीरको उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौं महोत्सवका आयोजक हुन भने भीरकोट नगरपालिका र जिल्ला समन्वय समिति स्याङजा मुख्य सहयोगी र नेपाल पर्यटन बोर्ड प्रवद्र्धक संस्था हो ।
संघका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जगदिश कोईरालाले स्वागत एवं महासचिव नुवादत्त अर्यालले संचालन गर्नुभएको थियो । यसैबीच, पत्रकारहरुका जिज्ञासालाई अध्यक्ष भक्तबहादुर केसीले जवाफ दिनुभएको थियो ।

Facebook Comments Box
TOP