भीरकोटमा सञ्चालित व्युटिसियन तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण ।
आँधीखोला खबर/भीरकोट :
भीरकोटमा सञ्चालित व्युटिसियन तालिमको समापन गरिएको छ । भीरकोट नगरपालिकाको आर्थिक सहयोग तथा आँधीखोला टेक्निकल एन्ड एजुकेसन कलेज वालिङको प्राबिधिक सहयोगमा तालिम सञ्चालन भएको थियो ।
३ महिना अर्थात ३९० घन्टा सञ्चालन भएको ब्युटिशियन तालीमको नगरप्रमुख छायाँराम खनालले समापन गर्नु भएको हो । तालिम समापन गर्दै प्रमुख खनालले सीपमुलक तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । सिप जति प्रयोग गर्यो त्यती निखारता आउने भन्दै प्रमुख खनालले सीपको सदुपयोग गर्दै आर्थिक रुपमा सवल बन्न सुझाव समेत दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख सीम केसी कर्माचार्यले महिलाहरुलाई आर्थिक रुपमा माथि उकास्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो ।
आँधीखोला टेक्निकल एन्ड एजुकेसन कलेज वालिङका प्रिन्सीपल भिमलाल भट्टराईको
समापन तथा प्रमाणपत्र बितरण कार्यक्रममा प्रशिक्षक लक्ष्मी चापागाईं लगायतले बोलका थिए ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


