भीरकोटमा सञ्चालित व्युटिसियन तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण ।
आँधीखोला खबर/भीरकोट :
भीरकोटमा सञ्चालित व्युटिसियन तालिमको समापन गरिएको छ । भीरकोट नगरपालिकाको आर्थिक सहयोग तथा आँधीखोला टेक्निकल एन्ड एजुकेसन कलेज वालिङको प्राबिधिक सहयोगमा तालिम सञ्चालन भएको थियो ।
३ महिना अर्थात ३९० घन्टा सञ्चालन भएको ब्युटिशियन तालीमको नगरप्रमुख छायाँराम खनालले समापन गर्नु भएको हो । तालिम समापन गर्दै प्रमुख खनालले सीपमुलक तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । सिप जति प्रयोग गर्यो त्यती निखारता आउने भन्दै प्रमुख खनालले सीपको सदुपयोग गर्दै आर्थिक रुपमा सवल बन्न सुझाव समेत दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख सीम केसी कर्माचार्यले महिलाहरुलाई आर्थिक रुपमा माथि उकास्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो ।
आँधीखोला टेक्निकल एन्ड एजुकेसन कलेज वालिङका प्रिन्सीपल भिमलाल भट्टराईको
समापन तथा प्रमाणपत्र बितरण कार्यक्रममा प्रशिक्षक लक्ष्मी चापागाईं लगायतले बोलका थिए ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


