ब्यवसायी रं उपभोक्ता सरोकारवालाबीच अन्तरक्रिया

भवानी अधिकारी/स्याङजा :

बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको आयोजना तथा जिल्ला प्रशासन कार्यालय स्याङजा र उपभोक्ता मंच स्याङजाको समन्वयमा ब्यापार ब्यवसाय एवं उपभोक्ता हित सम्बन्धमा सरोकारवाला बीच अन्तरक्रिया गरिएको छ ।

अन्र्तक्रियाको उदघाटन गर्दै पुतलीबजार नगर प्रमुख सीमा क्षत्रीले बजार अनुगमन तथा कालाबजारी बिरुद्धमा सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बताउनुभयो । बजार अनुगमनको जिम्मा स्थानीय तहको अधिकारभित्र परे पनि स्थानीय तह एक्लैेले पुरा गर्न नसक्ने हुदाँ सबै ब्यवसायी र उपभोक्ताले आ आफना हितका बारेमा सोचेर आ आफना जिम्मेवारी र दायित्व पुरा गर्नु पर्नेमा उहाको जोड छ ।

बिभागका महानिर्देशक नेत्र सुवेदीले बिभागबाट हुने काम कारवाहीको बारेमा सरोकारवालालाई जानाकारी गराउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले स्याङ्जा उपभोक्ताको लागि प्रतिकुल रहेको बताउनुभयो । उहाँले खानेपानी, खानेतेल लगायतका धेरै खाद्यान्न प्रयोग गर्ने खालका नभएको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, वडा अध्यक्ष निर्मल शेरचन, उपभोक्ता मंचका अध्यक्ष राजेन्द्र मरासीनी, च्याम्बर अफ कमर्शका महासचिव लोकनाथ शर्मा लगायतले अधिकांश क्षेत्रमा उपभोक्ता ठगिएको बताउदै समाज सुधार र उपभोक्ताको हितको लागि निर्मित ऐन कानुनको पालना गर्दै उपभोक्ता हितका पक्षमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपभोक्ता हित संरक्षण ऐन २०७५ मा भएका ब्यवस्थाका बारेमा बिभागका शाखा अधिकृत जगदिश दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उपभोक्ता मंचका सचिब बिश्वनाथ शर्माले कार्यत्रम संचालन गर्नुभएको थियो ।
अन्र्तक्रियामा ब्यवसायी, उपभोक्ता, नागरिक समाज, पत्रकार, बिद्यार्थी, शिक्षक, कर्मचारी, जनप्रतिनिधी लगायतको सहभागिता थियो ।

Facebook Comments Box
TOP