टी-ट्वान्टीमा नेपालले बनायो अहिलेसम्मकै बढी रन,ज्ञानेन्द्रले हाने सतक
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टी-ट्वान्टीमा सतक प्रहार गरेका छन्।
१३ औं सागअन्तर्गत बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको भुटानविरूद्धको खेलमा ज्ञानेन्द्रले ५२ बलमा सतक हानेका हुन्। ज्ञानेन्द्रले ५ चौका र ९ छक्का प्रहार गरे। उनी १०७ रन हानेर आउट भएका छन्।
यसअघि पूर्वकप्तान पारस खड्काले टी-ट्वान्टीमा सतक प्रहार गरेका थिए । ज्ञानेन्द्रको सतकसँगै नेपालले टी-ट्वान्टीमा अहिलेसम्मकै बढी रन बनाएको छ।निर्धारित २० ओभरको नेपालले ३ विकेट गुमाएर २३६ रन बनाएको छ। नेपालका लागि पारस खड्काले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए। रोहितकुमार पौडेल ६ बलमा छ रन हानेर आउट भए। अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन हाने। उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। कप्तान ज्ञानेन्द्र आउट भएपछि ब्याटिङ गर्न आएका आरिफ शेखले ४ बलमा ४ रन जोडे।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


