स्याङ्जाका सुन पसलमा मिसावट बढी भएको प्रमाणित, कोशेली र साधना ब्राण्डका तोरी तेल गुणस्तर हिन ।

आधिखोला खबर/स्याङ्जा :
स्याङ्जाका सुन पसलमा मिसावट बढी भएको प्रमाणित भएको छ त्यस्तै कोशेली र साधना ब्राण्डका तोरी तेलको गुणस्तर खान योग्य नरहेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
सदरमुकाम पुतलीबजारका ३ सुनचाँदी पसलबाट समेत गुणस्तर परीक्षणको लागि नमुना संकलन गरी गुणस्तर तथा नापतौल विभाग पठाईएकोमा मापदण्ड भन्दा बढी मिसावट गरिएको प्रमाणित भएको हो । सुनचाँदी पसललाई समेत प्रचलित कानून बमोजिम कारवाहीको लागी प्रक्रिया अघि बढाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले जानकारी दिनुभयो ।
त्यस्तै गण्डकी आयल मिल प्रालिबाट उत्पादित कोशेली र साधना ब्राण्डको शुद्ध तोरीको तेल गुणस्तर हिन रहेको पाईएको हो । तेलको नमूना परिक्षणको लागि खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग काठमाडौ पठाईएकोमा गुणस्तर हिन पाईएको प्रमुख जिल्ला अधिकारी कुरुङबाङले बताउनु भयो । उद्योगको उत्पादन तथा विक्री वितरण अर्काे आदेश नभएसम्मका लागि रोक्का राख्न उद्योगको शिलबन्दीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीलाई पत्राचार गरिएको प्रशासनले जनाएको छ । उद्योगलाई कालो बजार तथा केहि सामाजिक अपराध तथा सजायँ ऐन २०३२ अन्र्तगत कारबहीको प्रक्रिया अघि बढाईएको होे ।
त्यस्तै डिकेएस मिनरल वाटर उद्योग प्रालि कालोखोला स्याङ्जाबाट उत्पादित पिउने पानी समेत गुणस्तरहिन पाईएकाले उद्योग शिलबन्दी गरिएको छ । हैजाको कारक मानिने कोलिफर्म जीवाणु समेत पानीमा भएको पुष्टी भएका कारण उद्योग बुधबार शिल गरिएको प्रजिअ कुरुङबाङले बताउनुभयो । पानीको नमूना समेत परिक्षणका लागि काठमाडौ पठाईएको थियो ।
गत महिनादेखि उपभोक्ता हित संरक्षणको लागी बजार अनुमगन तथा निरीक्षण जिल्लामा तिव्र पारिएको छ । जिल्लाका व्यापारीक केन्द्रहरुमा हप्ताको एकपटक स्थानीय तह, उपभोक्ता संस्था, उद्योग व्यापार र मिडियाको सहभागितामा बजार अनुगमनलाई अभियानकै रुपमा अगाडि बढाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Facebook Comments Box
TOP