स्याङजा महोत्सव : दुर्गेशको गीतमा झुमे स्याङ्जाली

भवानी अधिकारी/स्याङ्जा : चर्चित गायक दुर्गेश थापाले स्याङजा आएर भरपूर मनोरञ्जन गराएका छन्। थापालाई आफ्नै ठाउँमा भेट्न पाएपछि महोत्सवका दर्शक पनि खुशी देखिन्थे।
स्याङजा जिल्ला उद्योग वाणिज्य संघद्धारा आयोजित छैटौं महोत्सवको दोश्रो दिन उनले झण्डैं ६÷७ वटा गीत गाएर र आफुसँगै दर्शकलाई पनि नचाए। पुतलीबजार नगरपालिका-१ स्थित मालेबगरमा जारी महोत्सवमा पहिलो पटक स्याङजा आएको बताउँदै उदघोषक एवं लोकगायककार घनश्याम रिजालले थापालाई मञ्चमा बोलाएसँगै महोत्सव भर्न आएका दर्शकले भव्य स्वागत गर्दै दर्शकबाटै उनका चर्चित गीत गाउँदै थापालाई गाउन लगाए अनि सँगसँगै नाचेर रमाए।
‘उठ…वीर गोर्खाली, कि त वार कि त पार’
उहींत होली खेलौंला देशका लागि परेमा, बस्नु हुन्न सहेर बैरीले अन्याय गरेमा
लिपुलेक नि हाम्रै हो, मान्नु हुन्न हार ।
गौतम बुद्ध जन्मेको शान्तिभूमि नेपाल, पुर्खाले कमाको वीरता स्वाभिमान खेरा नफाल,
कालापानी हाम्रै हो मान्नु हुन्न हार ।
उठ…वीर गोर्खाली, कि त वार कि त पार ।
वर्तमान अवस्थालाई यथार्थ चित्रण गरेको र नेपाली स्वाभिमानलाई जीवन्त बनाएको यो गीत गाउँदा युवा, वृद्ध, महिला तथा बालबालिका आआफनै स्थानबाट नाचेर, झुमेर आनन्दित बने। भारतीय सरकारले नेपालका सीमामा रहेका लिपुलेक, कालापानी र लुम्पियाधुरालाई नयाँ नक्सा जारी गरेपछि नेपालमा सर्वत्र विरोध भएका बेला थापाले यो गीत गाउँदा भावनासँगै बहेका थिए।
त्यसपछि क्रमश: उनले धेरै युवा पिढीँलाई लक्षित गीत गाए। तीज ताका अत्यन्त लोकप्रिय बनेको ‘बिच्च बिच्चमा’ भन्ने गीत पनि उनले गाए। के स्टेज, के दर्शक सबैले मन थाम्नै सकेनन अनि गाउँदै नाच्न थाले। ‘गाउँका दिदीबहिनी सबै तीजमा आउने कुरो छ, त्यहीँ भएर दर पकाउन आजै सुरु छ।’ दिदीबहिनी मात्रै नाँच्छन जहिले पनि तीजमा, हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा।
यसैगरी, स्याङजामा जन्मेका दिपक थापाले हास्यब्यंग्य प्रर्दशन गरे। उनले २-३ वटा लोकगीत गाए। अनि जादु देखाए। महोत्सवका दर्शकलाई मनारञ्जन दिलाए। उनीलगायत सीता थापा, कृष्णा गुरुङ र स्थानीय नृत्यकार सगुन थापा र स्वेता श्रेष्ठ लगायतले नाचेका थिए।
पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै जिल्लाका कृषि उत्पादन तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरेको स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठले जानकारी दिए। महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुनेछ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…