अमेरिकामा रहेकी सोनु श्रेष्ठको जन्मदिनमा बृद्धबृद्धालाई भोजन ।

आँधीखोला खबर/वालिङ :
अमेरिकामा स्नातक तहमा अध्ययनरत सोनु श्रेष्ठको जन्मदिनको अवसर पारेर परिवारले रामनदीधाममा रहेको शिवपार्वती वृद्धाश्रममा बस्ने बृद्धबृद्धाहरुलाई एक दिनको भोजन गराएको छ । सोनुका बुबा सुनिल श्रेष्ठ र आमा रेनु श्रेष्ठको उपस्थितिमा बृद्धबृद्धालाई भोजन गराउनुका साथै भजनकिर्तन समेत गरिएको हो ।
पुतलीबजार नगरपालिका १ स्थायी घर भएकी सोनु अमेरिकाको लुजियाना मोनोरो कलेजमा स्नातकतहमा अध्ययनरत रहनु भएको छ । बुबा सुनिल श्रेष्ठ भने सोही आश्रममा कार्यालय प्रमुखका रुपमा कार्यरत रहनु भएको छ ।


खाना तथा उपहार स्वरुप दक्षिणा ग्रहण गरे पछि बृद्धबृद्धाहरुले अमेरिकामा रहेकी सोनुको प्रगतीको कामना गरेका थिए ।

Facebook Comments Box
TOP