उपनिर्वाचन परिणामले भ्रष्टता, असक्षमता र काण्डैकाण्डलाई अनुमोदन गर्यो : रवीन्द्र मिश्र
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचन परिणामले भ्रष्टता, असक्षमतालाई अनुमोदन गरेको बताएका छन् । उपनिर्वाचनमा आफ्नो पार्टीको अपेक्षाकृत मत नआएपछि उनले यस्तो टिप्पणी गरेका हुन ।
‘उपचुनावमा साझा पार्टीले छोटो समयमा जे गर्यो त्यसमा थप धेरै मेहन गर्नुपर्ने सन्देश दिएको छ’ कास्की–२ को निर्वाचन परिणाम सार्वजनिक भए लगत्तैले संयोजक मिश्रले ट्विटरमा भनेका छन्, ‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’

४५ हजार ५४५ मत सदर भएको कास्की–२ मा साझा पार्टीको जमानत जफत भएको छ । साझा पार्टीकी रजनी केसीले कुल ९४२ मत प्राप्त गरिन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


