नक्सा तुरुन्त सच्याउ भन्दै समाजद्धारा प्रशासनको प्रवेशद्धारमा धर्ना
भवानी अधिकारी/स्याङजा :
भारतद्धारा अतिक्रमित नक्सा सच्चाउ भन्ने आग्रह साथ मानव अधिकार तथा शान्ति समाज स्याङजाले जिल्ला प्रशासन कार्यालय स्याङजाको प्रवेशद्धारमा धर्ना गरेको छ ।
डिसेम्बर १० अर्थात आज ७१ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन पारेर समाजले भारतद्वारा अतिक्रमित नेपाली भूभाग बिरुद्ध धर्ना प्रदर्शन गरेको हो । भारत ः ‘हालै प्रकाशित राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता ’गर भन्ने आग्रहसहित प्रशासन कार्यालयको मुख्य ढोकामा बसेर धर्ना प्रदर्शन गरिएको हो ।
नेपाली भूमि भारतीय सरकारले आफनो सीमाभित्र पारेर नयाँ नक्सा जारी गरेपछि स्याङजाका मानवअधिकारकर्मीले आपत्ती जनाउदै तत्काल विवादित नक्सा सच्चाउनु पर्ने माग गर्दै धर्ना दिएका हुन ।
इतिहासदेखि नेपाल र भारत दुई छिमेकी मुलुक मात्र नभई एकअर्काबीच सुमधुर सम्बन्ध रहेको देश भएको जनाउदै तीनतर्फ भारतीय सीमा कायम छ । उत्तरतर्फ रहेको बिशाल मुलुक चीन र अन्यतर्फ भारतसंगको सीमामा कुनै तारवार नभई सीमा रेखा कायम भएको अवस्थामा नेपालर्को कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र राखेकोमा समाजले बिरोध जनाउदै धर्ना दिएको समाजका सभापति प्रकाश डोटेलले जानकारी दिनुभयो ।
संयुक्त राष्ट्र संघको महासभाद्वारा सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, १९४८ पारित भएको दिनको स्मरण गर्दै विश्वव्यापीरुपमा नै डिसेम्बर १० लाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाउने गरिन्छ ।
.
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


