सागमा भारतको अग्रता, नेपाल दोस्रो स्थानमा
१३औं दक्षिण एसियाली खेलकूद (साग) को पछिल्लो परिणाम अनुसार भारतले अग्रता लिएको छ । बुधबारसम्म अग्रस्थानमा रहेको नेपाल अहिले दोस्रो स्थानमा पुगेको छ । भारतले स्वर्ण पदकमा अर्धशतक कटाएको छ।
भारतले स्वर्ण पदकको संख्या ५८ वटा पुर्याएको छ भने रजत ४१ वटा र १९ वटा कास्य जितेको छ। तालिको दोस्रो स्थानमा नेपाल छ। बिहीबार साँझसम्मको नतिजा अनुसार नेपालको ३६ स्वर्ण छ। त्यस्तै २६ रजत र ३६ कास्य छ। तालिकाको तेस्रो स्थानमा रहेको श्रीलंकाको १३ वटा मात्रै स्वर्ण जितेको छ। रजत ३३ र कास्य भने सबै भन्दा धेरै ४९ वटा जितेका छन्।
तालिकाको चौथो स्थानमा पाकिस्तानले बिहीबारबाट स्वर्ण संख्यामा पनि सुधार गरेको छ। पाकिस्तानको कुल पदक ५२ वटा छन्। बंगलादेश पनि स्वर्ण पदक जित्न प्रतिस्पर्धा गरिरहेको छ। बंगलादेशको स्वर्ण संख्या ४ वटा रहेको छन्। त्यस्तै रजत संख्या १० र कास्य संख्या ३८ वटा रहेको छ।
यता माल्दिभ्स र भूटान भने पदकको लागि निकै संघर्ष गरिरहेका छन्। माल्दिभ्सले १ स्वर्ण जितेको छ। तर रजतमा भने कुनै पनि पदक जितेको छैन। कास्यमा पनि जम्मा २ मात्रै पदक जितेको छ। यता भूटानले स्वर्णमा खाता नै खोल्न सकेको छैन।
भूटानले रजत पनि जित्न सकेको छैन। भूटानले कास्य पदक ६ वटा जितेको छ । खेलको पाँचौ दिनसम्ममा १ सय १५ वटा स्वर्णको छिनोफानु भएको छ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


