साग पुरुष फुटबल : फाइनलमा पुग्न नेपाललाई बंगलादेशविरुद्ध जित या बराबरी !
काठमाण्डौ – बंगलादेशविरुद्धको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टिम १३औँ दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक दाबेदारका रुपमा फाइनलमा पुग्नेछ ।
यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बंगलादेशविरुद्ध जित या बराबरीमा रोकिनुपर्ने हुन्छ ।
यता बंगलादेशलाई भने फाइनल पुग्न जितको विकल्प छैन । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । खेल साँझ ५ बजेपछि सुरु हुनेछ ।
भुटानविरुद्ध ४–० को जित निकालेको नेपालले श्रीलङ्कासँग दोस्रो खेल खेलेको थियो । खेलको निर्धारित समयसम्म १–० को अग्रता लिएको नेपालले अत्तिरिक्त समयलाई रोक्न नसक्दा खेल एक–एक गोलको बराबरीमा पुगेको थियो ।
त्यही नतिजाले गर्दा साग फुटबलको फाइनल प्रवेशका लागि नेपाललाई बंगलादेशसँग जीत या बराबरी आवश्यक छ । दशरथ रङ्गशालामा भरिभराउ दर्शकको साथ पाएको नेपाली टोलीले शनिबार माल्दिभ्सविरुद्ध २–१ को जीत हात पार्यो । जारी खेलमा नेपालसँग मात्रै पराजित भुटान चार खेलबाट ९ अङ्क जोड्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ ।
त्यसैगरी नेपाल ७ अङ्क जोड्दै दोस्रो स्थानमा छ । यता बंगलादेशको ४ अङ्क रहेको छ । श्रीलङ्का र माल्दिभ्सको भने समान २/२ अङ्क रहेको छ ।
नेपाल र बंगलादेशबीचको विजेता टोलीले सागको स्वर्ण पदकका लागि भुटानसँग खेल्नेछ । सागको पुरुष फुटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउन्ड रोविनमा सञ्चालन भएको हो ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


