सागको अन्तिम दिन : पाँच खेल, फूटबल फाइनलमा नेपाल र भुटान भिड्दै
१३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको अन्तिम दिन आज पाँच खेलमा प्रतिष्पर्धा हुँदैछ। फूटबल, बक्सिङ, बास्केटबल, स्क्वास र जुडोका खेलहरु हुनेछन्। पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भुटानबीच प्रतिष्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । लिग चरणको पहिलो खेलमै नेपालले भुटानलाई ४–० ले हराएकाले उच्च मनोबलका साथ मैदान उत्रनेछ। साग इतिहासमै पहिलो पल्ट फाइनल पुगेको भुटानी फुटबल टिम पनि स्वर्ण पदकको किर्तिमान बनाउन चाहन्छ। भुटानले १३ औं सागमा एउटा पनि स्वर्ण पदक जितेको छैन्।
आज बक्सिङमा ८ स्वर्ण पदकको छिनोफानो हुनेछ। खेल दिउँसो १ बजेदेखि सातदोबाटोमा सुरु हुनेछ। बास्केटबलको महिला तथा पुरुषतर्फका फाइनल खेल आज दिउँसो त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछन्। पुरुष बास्केटबलमा भारत र श्रीलंका तथा महिलातर्फ नेपाल र भारतबीच प्रतिष्पर्धा हुनेछ। जुडोमा आज एक स्वर्ण पदकका लागि खेल हुनेछ। दुई स्वर्ण पदकको छिनोफानो हुने स्क्वास टिम स्पर्धामा महिला र पुरुषको फाइनल खेल हुँदैछन्। दुवै टिम स्पर्धामा भारत र पाकिस्तान भिड्नेछन्। मंसिर १५ गतेदेखि सुरु भएको साग खेलकुदको समापन कार्यक्रम बेलुकी ५ बजे सुरु हुनेछ। समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत् सम्बोधन गर्ने बताइएकाे छ ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


