सागमा नेपालको १०० स्वर्ण
सागमा नेपालको १०० स्वर्ण पुगेको छ । बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् ।
यो नेपालको १३औं सागमा २९औं र सागको इतिहासमा भने १००औं स्वर्ण हो ।
सन् १९८४ मा काठमाडौंमा आयोजित सागमा नेपालले चार स्वर्ण पदक जितेको थियो । १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ दुई १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो । १९९९ मा आयोजित सागमा नेपालले अहिलेसम्मकै सर्वाधिक पदक जितेको थियो । कराँते र तेक्वान्दो पहिलो पदक समावेश आठौं सागमा ३२ स्वर्णसहित समग्र प्रदर्शनमा नेपाल दोस्रो स्थानमा आएको थियो ।२००४ मा पाकिस्तानमा आयोजित सागमा सात स्वर्ण जितेको नेपालले २००६ मा श्रीलंकामा आयोजित दशौं सागमा ७ स्वर्ण जितेको थियो । २०१० मा आठ र २०१६ मा जम्मा तीन वटा स्वर्ण जितेको थियो ।
समाचार
थप सामाग्री
माग बढेसँगै कोदो खेतीतर्फ कृषकको आकर्षण बढ्यो
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/स्याङ्जा : मौसम सफा भएसँगै स्याङ्जाका किसानहरूले कोदो भित्र्याउन व्यस्त भएका छन् । निरन्तरको वर्षा रोकिएपछि पछिल्लो एक हप्तामा…


