सागमा नेपालको १०० स्वर्ण
सागमा नेपालको १०० स्वर्ण पुगेको छ । बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् ।
यो नेपालको १३औं सागमा २९औं र सागको इतिहासमा भने १००औं स्वर्ण हो ।
सन् १९८४ मा काठमाडौंमा आयोजित सागमा नेपालले चार स्वर्ण पदक जितेको थियो । १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ दुई १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो । १९९९ मा आयोजित सागमा नेपालले अहिलेसम्मकै सर्वाधिक पदक जितेको थियो । कराँते र तेक्वान्दो पहिलो पदक समावेश आठौं सागमा ३२ स्वर्णसहित समग्र प्रदर्शनमा नेपाल दोस्रो स्थानमा आएको थियो ।२००४ मा पाकिस्तानमा आयोजित सागमा सात स्वर्ण जितेको नेपालले २००६ मा श्रीलंकामा आयोजित दशौं सागमा ७ स्वर्ण जितेको थियो । २०१० मा आठ र २०१६ मा जम्मा तीन वटा स्वर्ण जितेको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


