पुतलीबजार नगरपालिकामा शहरी पुनरजागरण सम्बन्धी अन्तरक्रिया
भवानी अधिकारी/स्याङजा :
सयपत्री समाज पोखराको आयोजनामा पुतलीबजार नगरपालिकामा शहरी पुनरजागरण विषयक सवाल बिषयक अन्तरक्रिया गरिएको छ ।
स्थानीय जनप्रतिनिधी तथा न्यायिक समितिका सदस्यहरु र सरोकारवालाबीच पुतलीबजारको शहरी पुनरजागरण बिषयक अन्र्तक्रिया गरिएको हो ।
अन्र्तक्रियामा बोल्दै नगरप्रमुख सीमा क्षेत्रीले समृद्ध पुतलीबजार र सुखी नगरवासी बनाउने उदेश्य अनुरुप नगरपालिका अघि बढेको बताउदै नगरका सबै सडकलाई स्तरोन्नती एवं पक्की बनाई, औधोगिक ग्राम लगायत नगरवासीका हित र सुबिधाका पक्षमा बिबिध क्षेत्रमा काम गर्दे आएको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख महेश पुरी, नेकपा नगर अध्यक्ष तारा शर्मा, नेपाली कांग्रेसका नगर सभापति वेदप्रसाद दोरंगा, वडा अध्यक्ष निर्मल शेरचन, ब्यवसायी देवेन्द्रकुमार श्रेष्ठ, रविन्द्रप्रसाद श्रेष्ठ, समाजसेवी अनन्तकुमार श्रेष्ठ, मित्रबन्धु पोखरेल लगायतले पुतलीबजारको पुर्नजागरणका लागि सबै एकजुट भई काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । समाजका अध्यक्ष गेहेन्द्र कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव गिरीधारी सुवेदीले स्वागत एवं सदस्य विजय अर्यालले संचालन गर्नुभएको थियो ।
सो कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका उपप्रधाध्यापक अमृत भण्डारीले पुतलीबजार पुर्नजागरण सम्बन्धी बिभिन्न सूचकहरु प्रश्तुत गर्दे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उपप्राध्यापक भण्डारीद्धारा प्रस्तुत कार्यपत्रमा सुदुढ नगर सडक संजालका विकास, पर्यटन विकास एवं विस्तार, औधोगिक सम्भावना र उद्यमशीलता प्रवद्धृन, अन्तर टोल, वडा भ्रमण अनुभव एवं सीप आदान प्रदान, स्वास्थ्य र शिक्षाको पूर्वाधार विकास, ब्यापारिक केनद्रको रुपमा पुर्नउत्थान, नमूना बस्ती निर्माण, पोखराको समृद्धीबाट सिको गर्दै पोखरा र पुतलीबजार जोड्ने मार्ग छोट्याउन फास्ट ट्रयाक, सुरुङ मार्ग लगायतका विकास निर्माण गरिएमा पुतलीबजारलाई गुल्जार बनाउन सकिनेगरी सुझाव दिइएको छ ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…