पर्यटन प्रवर्धन गर्न भन्दै पुस्तक व्यवसायीले गरे स्टिमरमा साधारण सभा ।
आँधीखोला खबर/कालिगण्डकी :
पर्यटन प्रवर्धन गर्न भन्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघ स्याङजाको साधारणसभा कालिगण्डकीमा सञ्चालन हुने स्टिमरमा गरिएको छ । शाखाको ११ औं साधारणसभा कालिगण्डकी ए जलबिद्युतगृहको जलाशयमा सञ्चालन भईरहेको स्टिमरमा गरिएको हो ।
साधारणसभा कालिगण्डकी गाँउपालिका ३ को आँधीमुहानबाट शुरु भई गल्याङ नगरपालिका ५ को सेतिबेणीमा पुगेर सम्पन्न भएको महासंघ स्याङ्जाका कोषाध्यक्ष युवराज गौतमले जानकारी दिनुभयो ।

साधारण सभाको उद्घाटन गर्दै कालिगण्डकी गाँउपालिकाका अध्यक्ष खिम बहादुर थापाले पर्यटन प्रवर्धनका लागि आफूहरुले योजना नै बनाएर काम गरिरहेको बताउनु भयो उहाँले कालिगण्डकीमा जलयातायात गर्नेको संख्या पछिल्लो समय बढेको जानकारी दिदैे भन्नुभयो, “यस क्षेत्रको भरपर्दाै यातायातको साधन समेत स्टिमर नै बनेको छ ।”
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघका गण्डकी प्रदेश प्रमुख दुर्गा कुमार श्रेष्ठले व्यवशायको साथसाथै आफुहरु पर्यटन प्रवर्धनमा समेत लागेको जानकारी दिनुभयो ।
सो अवसरमा शिक्षक संघ स्याङ्जाका अध्यक्ष लक्ष्मी प्रसाद रेग्मी, महासंघका केन्द्रिय सदस्य रमेश पौडेल, व्यवशायी राम प्रसाद भट्टराई लगायतले बोलेका थिए ।
महासंघ स्याङ्जा शाखाका अध्यक्ष किसान श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा स्वागत बरिष्ठ उपाध्यक्ष रामु लुईटेलले र सञ्चालन सचिब दर्बेन्द्रदेव खनालले गर्नु भएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


