स्याङ्जा: गण्डकी प्रदेशमा ७२ वटा मुख्यमन्त्री कृषि गाउँ बनाउदैछौं-मुख्यमन्त्री गुरुङ
आँधीखोला खबर/स्याङ्जा :
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ्ले प्रदेश अन्र्तगत ७२ वटा मुख्यमन्त्री कृषि गाउँ बनाएर कृषिलाई आधुनिकीकण तर्फ अगाडि बढाउने प्रयास गरिएको बताउनु भएको छ ।
स्याङ्जाको विरुवा गाउँपालिकाको बास्तारा पुलको उद्दघाटन तथा आम्बोट पुलको शिलन्यास गर्दै मुख्य मन्त्री गुरुङ्ले प्रदेशलाई पहिलो पाँच बर्षमा खाद्यान्नमा आत्मनिर्भर बनाउन प्रयास गरिएकोे बताउनुभयो । मुख्यमुन्त्री गुरुङले भन्नुभयो, माछा, बेसार, अदुवा लगायतमा आत्मनिर्भर बनाउन प्रदेश सरकार सक्रिय रहेको छ , जसको जनतालाई धनि बनाउन सकिनेछ ।
परम्परागत कृषि प्रणालीलाई परिर्वतन गरी आधुनिक कृषिप्रणालीमा कृषकलाई आर्कषित गर्न प्रदेश सरकार प्रतिबद्ध छ मुख्यमन्त्री गुरुङको भनाई छ ।
मुख्य मन्त्री गुरुङ्ले तिन बर्षमा घर घरमा बिजुली पुग्ने र आधारभुत खानेपानी पानीको धारा घर घरमा तिन बर्षमा पूर्याउने लक्ष्य रहेको बताउनु भयो
हरेक गाउँपालिकामा एक प्राबिधी शिक्षा लग्ने प्रतिबद्धता प्रदेश सरकारले गरेको बताउदै मुख्य मन्त्री गुरुङ्ले जनतालाई निशुल्क स्मार्ट हेल्थ दिन हरेक स्थानिय तहमा ५० शैयाको अस्पताल बनाउन लागेको स्पष्ट पार्नुभयो ।

२ करोड २ लाख ६९ हजार ६९९ रुपैयाँको लागतमा बास्तारा पुल निर्माण गरिएको हो । २५ दशमलव ६५ मिटर लामो एक स्पानको आरसिसी टि बिम पुल निर्माण सम्पन्न भएको हो । निर्माण भएको पुल ४ दशमलव २५ मीटर चौडाई सहित १ दशमलव २० मीटर फुट पाथ रहेको छ । पुल २० नोभेम्बर २०१५ मा २ बर्षमा सक्ने गरी सम्झौता गरेकोमा निर्धारित समयमा निर्माण नगरेपछि १ लाख ५२ हजार २९ रुपैया हर्जना समेत तिरेर निर्माण भएको हो । यस्तै आम्बोट पुल १ करोड ७५ लाख ३२ हजार २८ रुपैयाँमा गजिन्द्र निर्माण सेवाले एक बर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको हो । २२ दशमलव ६५ मी लम्बाई भएको पुल ६ मीटर चौडाई र १ दशमलव २० मीटर दुबै तर्फ फुटपाथ रहने बिरुवा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य टेकु कुमारी नेपाली प्रदेश सभा सदस्यद्धय मिन प्रसाद गुरु र दिपक चर्ती मगर लगायतले बोलेका थिए ।
गाउँपालिका अध्यक्ष चुन प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत वडा नम्वर ४ का अध्यक्ष थमनराज गुरुङले सञ्चालन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलाराज सुवेदीले गर्नु भएको थियो ।
सो अवसरमा गाँउपालिकाका तर्फबाट बिभिन्न मागहरु समेटिएको मागपत्र मुख्यमन्त्री गुरुङलाई बुझाईएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


