स्याङ्जामा प्रेस सङगठनको एकता टुङ्गो
स्याङ्जा : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस सङ्गठन नेपाल स्याङ्जा शाखाको एकता टुङ्गिएको छ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कार्यालयको परिपत्रअनुसार जिल्लामा क्रियाशील प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता गरिएको हो ।चौतारी र सेन्टरका पदाधिकारीहरुको भेलाले तत्कालीन प्रेस चौतारी स्याङ्जा शाखाका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेको संयोजकत्वमा एकता गरेको हो । गण्डकी प्रदेशका ११ जिल्लामध्ये स्याङ्जासहित सातवटा जिल्लामा प्रेस चौतारीलाई संयोजक र अन्य चार जिल्लामा प्रेस सेन्टरलाई संयोजकको जिम्मेवारी दिने निर्णय भएबमोजिम स्याङ्जामा न्यौपानेले संयोजकको नेतृत्व प्राप्त गर्नुभएको हो ।
नवगठित सङ्गठनको सहसंयोजकमा तत्कालीन प्रेस सेन्टरका जिल्ला अध्यक्ष प्रतीक्षा काफ्ले हुनुुहुन्छ भने सदस्यहरुमा गोपाल जिटी, हरिप्रसाद सुवेदी, बीनाकुमारी गैह्रे, कला राना, मणिप्रसाद अर्याल, माधव गैह्रे, नारायण विश्वकर्मा, नारायण अर्याल र शालिकराम पोख्रेल रहनुभएको छ । संयोजक न्यौपानेले प्रेस सङ्गठन जिल्ला कमिटीको नेतृत्वलाई पूर्णता दिने बताउनुभयो । उहाँले जिल्लामा रहेका क्रियाशील पत्रकारहरुको क्षमता विकासका लागि र साङ्गठनिक हिसाबले सहयोग गर्ने गरी कार्यक्रमहरु सञ्चालन गर्ने संयोजक न्यौपानेले बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


