प्रेमिकाले कोठामा बोलाएर प्रेमीको लिङ्ग काटिदिइन्

काठमाडौं, २४ मंसीर । एक प्रेमिकाले प्रेमीलाई कोठामा बोलाएर यौनाङ्ग काटिदिएकी छन् । काठमाडौंँ महानगरपालिका–६ महाँकाल डेरा गरी बस्ने १९ वर्षीया प्रेमिकाले मकवानपुर हेटौंडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का प्रेमीको यौनाङ्ग काटिदिएकी हुन् । अहिले उनको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी वृत्त वौद्धका डीएसपी रमेशबहादुर सिहंले जानकारी दिए ।

हायात होटलमा काम गर्ने उनीहरूबीच प्रेम सम्बन्ध रहेकाे र उनीहरुले फरक–फरक धर्म मान्ने गरेकाे डीएसपी सिहंले बताए । धर्मका कारण प्रेम सम्बन्ध घरले स्वीकार गर्ने अवस्था नआएपछि प्रेमिले प्रेमिकालाई छुटिने कुरा बताएका थिए । सोमबार प्रेमीकाले राजिवलाई अन्तिमपल्ट भेट्न आउ भन्दै कोठामा बोलाएको र त्यहीँ चक्कुले यौनाङ्ग काटेकाे प्रहरीले बताएको छ । प्रहरीले ती युवतीलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको बताएकाे छ ।साझापोष्ट डटकमबाट

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP