वडा प्रहरी कार्यालयका प्रमुखलाई घुस खुवाउन पुगेका व्यापारी आफै परे फन्दामा ।
आँधीखोला खबर/स्याङ्जा :
वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई घुस खुवाउन पुगेका व्यापारी आफै फन्दामा परेकाछन् । मंगलबार ल यो तपाईले राख्नुहोस म व्यापार गर्छु भन्दै १५ हजार नगद टेबुलमा नै आईपुग्दा कार्यालयमा काम गरिरहेका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरे एकछिन अलमल नै पर्नु भयो ।
रुपन्देहीको बसन्तपुर गाँउपालिका वडा नम्वर ४ घर भई वालिङ नगरपालिका ८ बस्ने जहरुदीन मिया पैसा बोकेर प्रहरी प्रमुखकोमा पुगेका हुन् । मियाले गोरु व्यापार गर्नु पर्यो ल यो तपाई राख्नुहोस भन्दै घिमिरेको टेबुलमा पैसा राखेका थिए । त्यस लगत्तै मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता हेमराज घिमिरेले जानकारी दिनुभयो ।
पक्राउ परेका ५१ बर्षीय मियालाई रकम सहित आवश्यक कारवाहीको लागि मंगलबार नै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, पोखरामा बुझाईएको प्रवक्ता घिमिरेले बताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


