वडा प्रहरी कार्यालयका प्रमुखलाई घुस खुवाउन पुगेका व्यापारी आफै परे फन्दामा ।

आँधीखोला खबर/स्याङ्जा :
वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई घुस खुवाउन पुगेका व्यापारी आफै फन्दामा परेकाछन् । मंगलबार ल यो तपाईले राख्नुहोस म व्यापार गर्छु भन्दै १५ हजार नगद टेबुलमा नै आईपुग्दा कार्यालयमा काम गरिरहेका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरे एकछिन अलमल नै पर्नु भयो ।
रुपन्देहीको बसन्तपुर गाँउपालिका वडा नम्वर ४ घर भई वालिङ नगरपालिका ८ बस्ने जहरुदीन मिया पैसा बोकेर प्रहरी प्रमुखकोमा पुगेका हुन् । मियाले गोरु व्यापार गर्नु पर्यो ल यो तपाई राख्नुहोस भन्दै घिमिरेको टेबुलमा पैसा राखेका थिए । त्यस लगत्तै मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता हेमराज घिमिरेले जानकारी दिनुभयो ।
पक्राउ परेका ५१ बर्षीय मियालाई रकम सहित आवश्यक कारवाहीको लागि मंगलबार नै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, पोखरामा बुझाईएको प्रवक्ता घिमिरेले बताउनु भयो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…