स्याङ्जा : फेदीखोलाले महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने
वालिङ : स्याङ्जाको फेदीखोला गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकामा कार्यरत ३८ जना महिलालाई प्रोत्साहनस्वरुप निःशुल्क स्वास्थ्य बीमा गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।“स्वास्थ्यका क्षेत्रमा महिला स्वयंसेविकाको योगदान महत्वपूर्ण छ”, अध्यक्ष सुवेदीले भन्नुभयो, “उहाँहरुको योगदानलाई आगामी दिनमा थप प्रोत्साहन दिन गाउँपालिकाले आगामी हिउँदे सभाबाट निर्णय गरी सबै महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो ।”
फेदीखोला गाउँपालिकाले देशमै पहिलोपटक स्थानीय तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप वार्षिक रु आठ हजार २५० उपलब्ध गराउँदै आएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर सर्वसुलभरुपमा स्वास्थ्यसेवा पु¥याउने उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताउनुभयो ।फेदीखोला गाउँपालिकाले १६औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसमा वर्षभरिको कार्यसम्पादन तथा सम्बन्धित स्वास्थ्यचौकीको मूल्याङ्कन गर्दै चार जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको स्वास्थ्य शाखाका संयोजक खिलप्रसाद पौडेलले बताउनुभयो । यस वर्ष फेदीखोला स्वास्थ्यचौकीकी स्वयंसेविका प्रेमकुमारी सुवेदी, आरुखर्क स्वास्थ्यचौकीकी स्वयंसेविका डबलकुमारी गुरुङ, भाटखोला स्वास्थ्यचौकीकी स्वास्थ्य स्वयंसेविका मिठू थापा र बाङ्गेफड्के स्वास्थ्यचौकीकी स्वास्थ्य स्वयंसेविका टीकाश्री गुरुङ सम्मानित हुनुभएको फेदीखोला गाउँपालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


