परालको पौष्टिकता वढाउने तरिका

शुशिल अर्याल, प्रमुख (अधिकृत) पशु शाखा, गल्याङ नगरपालिका :

परम्परागत नेपालमा गाई भैसीहरुको आहारामा मुख्यत धानको पराल खुवाउने चलन छ । गहुंको छवाली कोदोको नल र मकैको ढोडहरु पनि पशुहरुलाई खुबाईन्छ । खास गरी हरियो घाँसहरु नभएको वेलामा पराल मात्र दिएर पशुहरुको पेट भर्ने काम गरीन्छ । अरु कुनै हरियो घाँस वा सुकाएको कुनै राम्रो घाँसको अभावले नै पशुहरुलाई पराल मात्र खुवाउने वाध्यता हुन आएको छ । सुकेको परालले पशुहरु अघाउनु वाहेक अरु खास पौष्टिक तत्वहरुको आपूर्ति गर्दैन । पशुहरुले पराल पनि मन पराएर खादैनन र यसको नोक्सान समेत गर्दछन । तै पनि हालको परिस्थितिमा हामीलाई हाम्रो पशुको मुख्य आहारामा पराल खुवाउने वाहेक अर्काे सरल विकल्प छैन ।
तर यस पराललाई युरिया मलवाट उपचार गरिएमा निम्न अनुसारको फाइदा लिन सकिन्छ ।

  • युरियावाट परालको उपचार गराइएमा पराल नरम र स्वादिलो हुन्छ ।
  • परालमा पोषिलो
  • परालमा पोषिलो तत्वहरुको मात्र वढदछ ।
  • पराल गाई भैसीले धेरै मात्रामा खान्छ ।
  • साना वाच्छा वाच्छी पाडा पाडीहरुको शारिरिक तौलमा वृद्धि गर्दछ ।
  • माउ गाई भैसीको जीवन निर्वाहको लागि आवश्यक पौष्टिक आहाराको पूर्ति गर्दछ ।
  • प्रतिदिन जिवन निर्वाहका लागी घ देखी ४ के.जी. दुध दिने गाई भैसीलाई करिव २ के.जी. धानको ढुटो एक प्रतिशत नून अलिकता खनिज पदार्थहरु र अ३ाइन्जेल युरिया मल उपचार गरिएको पराल खुवाएमा पुग्दछ ।
लेखक अर्याल

युरिया मल परालमा कसरी उपचार गर्ने त ?

क) परालको टुक्राउनेः उपचार गरिने जति पराललाई २ देखी ३ इन्च सम्म लामो टुक्रा वनाएर काट्नु पर्दछ । यसरी टुक्राएर भुसा वनेको पराल युरिया मिसाएको पानी राम्रोसंग मिल्न सक्छ । पशुहरुले मन पराएर खाने पचाउन सजिलो हुने र कुनै एक ठाँउंमा राम्ररी थुपारेर सुरक्षित राख्न सकिन्५ ।

ख) ठाँउको छनौट : युरिया मल परालमा मिसाई कहां थुपार्ने हो सो ठाँउंको छनौट गरी सक्नु पर्दछ । सकभर पशुहरु राख्ने गोठको वरिपरि नै ठाउं छनौट भएमा कम खर्चिलो पर्दछ । ठाँउंको छनौट गर्दा संभवत भित्ता वा कुना भएका ठाँउंको छनौट गर्नु राम्रो हुन्छ ।

युरिया पानी वनाउने तरिकाः

  • युरिया पानी तयार गर्दा ४ प्रतिशत युरिया मल अनि ४ के.जी. युरिया १०० लिटर पानीमा मिसाउने ।
  • युरिया मल र पानीको घोल राम्रोसंग घुल्ने भाडामा राख्ने ।
  • युरिया मल अन्दाजले पानीमा नमिसाउने जहिले पनि जोख्ने वा आधा वा एक किलो ग्राम अटाउने भाडा वनाइएमा सधै युरिया मल जोखी रहनु पर्दैन ।
  • पानी पनि सधै नापी रहनु भन्दा एक पटक आफनो आवश्यकता अनुसारको भाडामा पानी नाप्ने र यसको आधारमा पछि मिसाउने चिन्हो लगाई अन्दाज गर्नु पर्दछ ।

पराल भुसामा युरिया पानी छर्कने तरिकाः
१) टुक्रा पारीएको पराल जति के.जी. ५ त्यती के.जी.÷ लिटर युरिया युक्त तयार पारीएको पानी आवश्यक पर्छ । एक के.जी. परालमा एक लिटर पानी टर्कनु पर्दछ ।
२) उदाहरण जस्तै १०० के.जी. टुक्रा पारीएको पराललाई जमिनमा प्लाष्टिक ओछयाएर १० के.जी. पराल १० लिटर युरिया युक्त घोल पानी त्यसमा छर्कनु पर्दछ । फेरी त्यसै गरी १० के.जी. पराल राख्दै जाने र १० लिटर पानी छर्कने गर्नु पर्दछ । यसै अनुसार आफुसंग भएको पराल र पानी मिसाउदै थुपार्दै जाने । युरिया पानी एक नास ले छर्कने पराल र पानी सके पछि प्लाष्टिकले राम्ररी छोप्ने त्यस भित्र हावा र पानी छिर्न नपाउने वनाउनु पर्दछ ।
३) यसरी थुपारेको पराललाई हावा पानी र घामले नविग्रने किसिमले कुनै प्लाष्टिकले ढाकेर अस्थायी खरको छाप्रो वनाएर सुरक्षित राख्नु पर्दछ ।
४) यसरी सुरक्षित गरी राखीएको पराललाई कम्तिमा पनि एक महिना राख्नु पर्दछ

खुवाउने तरिकाः

  • उपचार गरिएको दिन ले कम सेकम ३० दिन पछि मात्र पराल गाई भैसीलाई ख्वाउनलाई उपयुक्त हुन्छ ।
  • पराल झिक्दा आवश्यकता अनुसार थुप्रोको कुनै एक कुनावाटमा झिक्ने ।
  • गाई भैसीलाई यस्तो पराल झिक्ने वित्तीकै खान दिनु हुंदैन ।
  • भरसक झिकेको परालमा गन्हाउने खालको ग्यास हुनछ र यो ग्यास पशुको मन पराउदैन ।
  • यो गन्ध परालवाट हटाउनको लागी घ घण्टा भुईमा फिजाउनु पर्छ र यस पछि गन्ध उडेर गए पछि मात्र पराल वस्तुलाई खान दिनु पर्दछ ।
  • वस्तुले (गाई भैसी) उपचारीत पराल वानी नपरुन्जेल नखान पनि सक्छन् । वानी पराउनको लागी करिव एक हप्ता जती समय लाग्दछ ।

सावधानः
१) युरिया मल सोझै वस्तुलाई ख्वाएमा विष लागेर गाई भैसी मन सक्छ । त्यसैले युरिया मल गाई भैसीलाई सोझै ख्वाउनु हुंदैन ।
२) युरिया मलवाट उपचार गरेको पराल खुवाइ सकेपछि वस्तुलाई प्रशस्त पानी खुवाउने व्यवस्था मिलाउने ।
३) पराल पुरै सुकेको हुनु पर्दछ ।

Facebook Comments Box
TOP