सहकारीहरु उत्पादन र सामाजिक क्षेत्रमा लाग्नु पर्छ : संविधान सभा सदस्य पाठक ।
टिकाराम अधिकारी/गल्याङ :
संविधान सभा सदस्य मुक्ति प्रसाद पाठकले सहकारीहरु उत्पादन र सामाजिक क्षेत्रमा लाग्नु पर्ने बताउनु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ३ स्थित नवयुग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनको उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।
सहकारीहरु नाफामुखी नभई सेवामुखी बन्नु पर्ने भन्दै पाठकले स्थानीयस्तरमा उत्पादनका क्षेत्रमा लगानी वढाउदै रोजगारीको सिर्जना गर्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले सहकारीहरु धेरै भएको भएता पनि रचनात्मक कार्य गर्ने र आफूलाई विश्वास लाग्ने ठाउँबाट कारोबार गर्नु पर्ने बताउदै नवयुग सहकारीले छोटो समयमा नै सफलता प्राप्त गरेको भन्दै सन्तुष्टी व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार पुण्य भूषाल, गल्याङ नगरपालिका वडा नं ७ का वडाअध्यक्ष रामबिर गुरुङ, वडा नं ४ का वडा अध्यक्ष नेत्र प्रसाद पाण्डे, नेपाल कम्युनिष्ट पार्टी नगर कमिटीका सचिबालय सचिव छविलाल भूषाल, गरिमा विकास बैंक शाखा कार्यालय गल्याङका प्रबन्धक चिरिञ्जवी अर्याल, सम्पूर्ण संस्थाहरुको तर्फबाट जनक कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संस्थाका अध्यक्ष राजेन्द्र डुम्रेले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुको साथै संस्थाले समाजमा खेलेको भूमिकाको बारेमााा जानकारी गराउनु भएको थियो । संस्थाका कोषाध्यक्ष खुम बहादुर बरालले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो भने संस्थाका प्रबन्धक ललित थापा मगरले ९ करोड २४ लाख २ हजार ४ सय ८० रुपैया बराबरको आयव्यय प्रस्तुत गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


