मुक्तिनाथ विकास बैंककाे अध्यक्षमा भरतराज ढकाल।


आँधीखोला खबर/पोखरा :
मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) भरतराज ढकाल अध्यक्ष सोही बैंकको अध्यक्ष बन्नु भएको छ ।
सोमबार पोखरामा भएको बैंकको वार्षिक साधारणसभाले उहाँलाई सञ्चालकमा निर्वाचित गरेको हो त्यस्तै सञ्चालक समितिको पहिलो निर्णयले ढकाललाई अध्यक्षमा चयन गरेको बताइएको छ । बैंकको प्रगतिमा ढकालको योगदान निकै रहेको बैंक स्रोतको भनाइ छ ।
ढकाल सहकारी संस्था चलाउँदा चलाउँदै बैंकर्स बन्नु भएको हो । निक्षेप संकलन, कर्जा प्रवाह, नाफा, ग्राहक संख्या सबै हिसाबमा मुक्तिनाथ निकै बलियो छ ।
एक समयमा ढकालले मुक्तिनाथमा हुँदा अंगालेको मोडेल नेपालमा निकै चर्चित रहेको थियो । त्यो समयमा जर्मनी, डेनमार्कलगायतका देशबाट लघुवित्तमा विद्यावारिधी गरेका विद्यार्थी मुक्तिनाथ आएर ६/७ महिनासम्म बसेर काम गरेका थिए ।

उहाँले एक समयमा भन्नु भएको थियो ‘विकास बैंकको अवधारणा भनेको वाणिज्य बैंक पुग्न नसकेका ग्रामीण दूरदराजका जनतालाई वित्तीय सेवा प्रदान गर्नु हो, तर, हाम्रा विकास बैंकहरु वाणिज्य बैंकको जस्तै शहर केन्द्रित भइरहेका छन,हामी विकास बैंकहरुले अहिले गरिरहेको बैंकिङ मोडेल नै चेञ्ज गर्न चाहन्छौं ।’
ढकालको सक्रियतामा २०६३ साल पुस १९ गतेदेखि स्याङजा, कास्की र तनहुँलाई आधार बनाएर मुक्तिनाथ विकास बैंकले वित्तीय करोबार शुरु गरेको थियो । २०६३ पुस १९ गते मुक्तिनाथ विकास बैंकले कारोबार शुरु गरेको थियो ।

बैंक खोल्नु अघि ढकाल स्याङजामा रोयल को–अपरेटिभ नामक सहकारी संस्था संचालन गर्नु हुन्थ्यो । २०६१ मा बैंक तथा वित्तीय संस्थासम्बन्धी अध्यादेश तयार पारियो । त्यसपछि ढकाल फेरि बैंक खोल्न सक्रिय हुनु भयो । ३० जना प्रवद्र्धकले १ करोड ३० लाख रुपैयाँ लगानी गरेर खोलेका थिए ।

स्याङजा, कास्की र तनहुँ गरी ३ जिल्ला कार्यक्षेत्र भएको बैंक सञ्चालनमा आएको २ वर्षपछि अर्थात् ०६५ को अन्तिममा १० जिल्लेमा स्तरोन्नति हुँदै पोखरामा मुख्य कार्यालय सार्र्यो ।

नेपालमा पहिलोपटक लघुवित्त संस्थाले आफ्ना ग्राहकलाई एसएमएस, मोवाइल बैंकिङ र एटीएम कार्ड दिने संस्थाको रुपमा मुक्तिनाथलाई लिइन्छ ।

पछि उहाँले बैंक छोडेर डेपुटी सीइओ प्रधुम्न पोखरेल सिइओ हुनु भयो ।
नयाँ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा २ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापनमा बस्न नपाउने व्यवस्था छ । जसकारण धेरै सीइओहरुले पद छाडे ।

ढकालले पनि बाफियाले तोकेभन्दा बढी लगानी भएका कारण सीइओको पद छाड्नु भएको हो । बैंकको सीइओ छाडेका ढकाल कृषि व्यवसायमा लाग्नु भयो ।

Facebook Comments Box
TOP