बिना बनिन पहिलो मिस वालिङ
आँधीखोला खबर/वालिङ :
पहिलो पटक आयोजना गरिएकोे मिस वालिङको उपाधी वालिङ ६ धनुबाँसकी बिना थापाले जितेकी छन् । फ्यूजन नेपालको आयोजना गरिएको ग्राण्ड फिनालीमा अन्य ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बिनाले ताज जितेकीहन् ।
भ्रमण वर्ष २०२० लाई प्रर्वद्धन गर्ने उद्देश्यले स्मार्ट ईभेन्ट संस्थाको व्यवस्थापनमा प्रतियोगिता भएको हो । २२ वर्षीया बिनाले मिस वालिङको टाईटलसंगै नगद १ लाख सहित मिस गण्डकीमा प्रवेश गर्ने अवसर प्राप्त गरेकी हुन् ।
मगर चलचित्रकी नायिका समेत रहेकी बिनालाई प्रतियोगिताका निर्णायक रिर्वन ईभेन्टका अरुण दर्लामीले साधेको पर्यटन प्रर्वद्धन सम्बन्धी प्रश्नको जवाफमा सुरुवात आँफैबाट गर्नुपर्छ भन्ने भनाईले मिस वालिङको टाईटल जित्न सहयोग पुर्याएको बताईएको छ ।

प्रतियोगितामा वालिङ क्याम्पस रोडकी दिपा पुन फस्ट रनरर्सअप र वालिङ ६ मिर्दिकी लिजन गुरुङ सेकेण्ड रनर्सअप भएकी छन् । फस्ट रनरर्सअप दिपाले मोस्ट ट्यालेन्टको अर्वाड समेत जितेकी छन भने लिजनले मस्ट डिसिपिलिनको विधामा अर्वाड जितिन । वेस्ट वार्क र बेष्ट फोटोजेनिकमा चादनी आले , मस्ट पपुलर अवार्ड सुनिता थापा र वेष्ट पर्फमेन्स विधामा माया दर्लामीलाई अवार्ड दिईएको छ । फस्टरनर्स अपले ५५ हजार, सेकेण्ड रनर्सअपले ३५ हजार नगद दिईएको छ ।

विजेता तथा उपविजेतालाई वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रमा नमुना साना किसान सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्याल लगायतले बोलेका थिए । ईभेन्टका अध्यक्ष सगुन रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव स्वीकार कोईराला, उमेश दर्लामी र श्रेया महर्जनले गरेका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


