माईन जोखिम शिक्षा सिकाउदैै सेना
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
नेपाली सेनाले स्याङ्जाका ११ स्थानीयतहका नागरिकलाई माईन जोखिम शिक्षा शुरु गरेको छ । जिल्लाको वालिङ नगरपालिकाबाट शुरु गरिएको माईन जोखिम शिक्षा अब हरेक पालिकामा शुरु गर्न लागिएको हो । बिष्फोटक बस्तुबाट हुने जोखिमलाई क मगर्ने उदेश्यले यस्तो कार्यक्रम गरिएको दुर्गा भन्जन गुल्मका गुल्मपति सेनानी हेमराज बिष्टले जानकारी दिए । बिष्फोटनको जोखिमलाई कम गर्ने जिम्मेवारी सर्वसाधरण जनताको पनि जिम्मेवारी भएकाले हरेक नागरिकले सुरक्षा सम्वन्धी ज्ञान प्राप्त गर्नुपर्छ भन्ने उदेश्यले नेपाली सेनाले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको हो । समाजका अगुवालाई यो शिक्षा दिलाउछौ गुल्मपति बिष्टले भने,“जो शिक्षा समाजिक अगुवाहरुले छरछिमेक, आफ्नो परिवार, साथीभाई लगायत सबैमा पुगोस ।” बिष्फोटक पदार्थबाट नागरिक सचेत र ज्ञान हासिल गर्नुपर्छ भन्ने मान्यता नेपाली सेनाको हो उनले भने ।
बाटोघाटो वा घर वरीपरि कुनै शंकास्पद बस्तु फेला परेमा छुन नहुने, सेना वा अन्य सुरक्षाकर्मीको व्यारेक वरिपरि लगाईएको तार लाई छुन नहुने र विष्फोटन भएमा कसरी सुरक्षित रहने भन्ने विषयमा सेनाले सहभागीहरुलाई सहजीकरण गरेको थियो । वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँण, उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी लगायतको सहभागितामा भएको कार्यक्रममा नगरभित्रका शिक्षक, वडा अध्यक्ष, उद्योगी व्यवसायी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । नागरिकलाई बिष्फोटक पदार्थको बारेमा जानकारी दिएर नेपाली सेनाले प्रसंशनीय काम गरेको सहभागीहरुले बताएका थिए । गुल्मका उपसेनानी बद्रि केसीले सहजिकरण गरेका थिए । गुल्मपति बिष्टका अनुसार महिनामा दुई पालिकामा शिक्षा दिने गरी कार्यक्रम तय गरिएको बताए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


