माईन जोखिम शिक्षा सिकाउदैै सेना

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
नेपाली सेनाले स्याङ्जाका ११ स्थानीयतहका नागरिकलाई माईन जोखिम शिक्षा शुरु गरेको छ । जिल्लाको वालिङ नगरपालिकाबाट शुरु गरिएको माईन जोखिम शिक्षा अब हरेक पालिकामा शुरु गर्न लागिएको हो । बिष्फोटक बस्तुबाट हुने जोखिमलाई क मगर्ने उदेश्यले यस्तो कार्यक्रम गरिएको दुर्गा भन्जन गुल्मका गुल्मपति सेनानी हेमराज बिष्टले जानकारी दिए । बिष्फोटनको जोखिमलाई कम गर्ने जिम्मेवारी सर्वसाधरण जनताको पनि जिम्मेवारी भएकाले हरेक नागरिकले सुरक्षा सम्वन्धी ज्ञान प्राप्त गर्नुपर्छ भन्ने उदेश्यले नेपाली सेनाले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको हो । समाजका अगुवालाई यो शिक्षा दिलाउछौ गुल्मपति बिष्टले भने,“जो शिक्षा समाजिक अगुवाहरुले छरछिमेक, आफ्नो परिवार, साथीभाई लगायत सबैमा पुगोस ।” बिष्फोटक पदार्थबाट नागरिक सचेत र ज्ञान हासिल गर्नुपर्छ भन्ने मान्यता नेपाली सेनाको हो उनले भने ।
बाटोघाटो वा घर वरीपरि कुनै शंकास्पद बस्तु फेला परेमा छुन नहुने, सेना वा अन्य सुरक्षाकर्मीको व्यारेक वरिपरि लगाईएको तार लाई छुन नहुने र विष्फोटन भएमा कसरी सुरक्षित रहने भन्ने विषयमा सेनाले सहभागीहरुलाई सहजीकरण गरेको थियो । वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँण, उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी लगायतको सहभागितामा भएको कार्यक्रममा नगरभित्रका शिक्षक, वडा अध्यक्ष, उद्योगी व्यवसायी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । नागरिकलाई बिष्फोटक पदार्थको बारेमा जानकारी दिएर नेपाली सेनाले प्रसंशनीय काम गरेको सहभागीहरुले बताएका थिए । गुल्मका उपसेनानी बद्रि केसीले सहजिकरण गरेका थिए । गुल्मपति बिष्टका अनुसार महिनामा दुई पालिकामा शिक्षा दिने गरी कार्यक्रम तय गरिएको बताए ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…