मगर संघ गल्यााङ नगर समितिको पहिलो सम्मेलन सम्पन्न ।

टिकाराम अधिकारी/गल्यााङ :
नेपाल मगर संघ गल्याङ नगरकोे पहिलो नगर सम्मेलन गल्याङमा मंगलवार सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गर्दे गल्याङ नगरपालिकाका उपप्रमुख देविसरा थापा मगरले मगरहरु एकजुट भएर काम गरे सदैव सफलता मिल्ने बताउनु भयो ।
मगर संघले थालेको विमला राना बचाउ अभियान सफल भएको बताउदै मगरहरुको एकतामा शक्ति भएको बताउनुभयो । उपप्रमुख थापाले मगरहरुको पोषाकमा पछिल्लो समय विकृति आएको भन्दै परम्परागत पोषाकमा जोड दिन आग्रह गर्नुभयो । साथै उहाँले आफु मगर संघको साथमा रहेको आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको स्पष्ट पार्नु भयो ।


कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य तथा मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष लोकेन्द्र थापा मगरले मगर राजनितिक, शैक्षिक, आर्थिक, सामाजिक हिसाबले मंगर संघ पछि परेको बताउदै अव मगर संघले राज्यको मुलधारमा प्रवेश गर्ने बाटो बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ नगर समितिका सल्लाहकार चन्द्र राना मगरले मगरहरुलाई लक्षित गरि आगामी योजना बनाउन संघलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर संघका जिल्ला सचिव सागर चर्तिमगर, नेपाल मगर महिला संघ नगर समितिका अध्यक्ष भेमला बराल मगर, नेपाल मगर संघ जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष विनोद राना मगर, संघका महिला उपाध्यक्ष कृष्ण माया राना मगर, नेपाल मगर युवा संघ नगर समितिका अध्यक्ष डोलु थापा मगर, मगर संघ जिल्ला समन्वय समितिका पुर्व उपाध्यक्ष पदम बहादुर गाहा मगर, भुपु सैनिक मञ्चका अध्यक्ष सुवेदार चन्द बहादुर रखाली मगर लगायतले मगरको इतिहासलाई जोगाउन सवै एकढिक्का हुनुपर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा नेपाल मगर संघ नगर समितिका अध्यक्ष कुमार राना मगरले संघको प्रगति प्रतिवेदन र भावी कार्यक्रहरु प्रस्तुत गर्नुभएको थियो ।


त्यसैबीच नेपाल मगर संघ नगर समितिले गल्याङका बोनम्यारो समस्याबाट पिडित बनेकी १७ वर्षीया विमला रानालाई विमला रानाको जीवन बचाऔँ अभियानबाट संकलन भएको रु ६ लाख, ३९ हजार ९३३ रुपैयाको चेक पिडित राना र उहाकी आमा कुमारी रानालाई हस्तान्तरण गरियो ।
साथै कार्यक्रममा विमला रानाको जीवन बचाऔँ अभियानमा सहयोग गर्नुहुने सहयोगीदातालाई सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा नगर समितिका ११ वटै वडामा गठन गरेको नेपाल मगर संघ वडा समितिलाई सपथ ग्रहण गराइएको थियो ।
कार्यक्रममा नगरभित्र सम्पुर्ण मगर समुदायको सहभागिता रहेको थियो । नेपाल मगर संघ नगर समितीका अध्यक्ष कुमार राना मगरको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव रेशम राना मगरले गर्नुभएको थियो, भने स्वागत उपाध्यक्ष गंगा माया रानाले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP