स्याङ्जामा ल्होसार पर्व शुरु,सबै चाडपर्वलाई साझा बनाउन आवश्यक
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
बहु साँस्कृतिक र विविधताले भरीको मुलुक नेपाल हो । सबै जातजाती मिलेर बसेको मुलुक नेपाल हो । हरेक जातजातीको धर्म, चाडपर्व मनाउने मुलुक पनि नेपाल हो । यही मुलुकमा अहिले गुरुङ् समुदायको चाड तमु ल्होसार नजिकिदै छ । हरेक बर्षको पुष १५ गते देशभरका गुरुङ् समुदायले तमु ल्होसार तथा शुभकामना आदनप्रदान गर्दै मनाउदै आएका छन् । यही सन्दर्भमा तमु ह्रयुला छोजधी गुरुङ् राष्ट्रिय परिषद जिल्ला कार्यसमिति स्याङ्जाले पनि तमु ल्होसारको अबसर पारेर शुभकामना आदनप्रदान सम्पन्न गरेको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्को प्रमुख आथित्यता आयोजना भएको तमु ल्होसार २०७६ को शुभकामना आदन प्रदान कार्यक्रममा गुरुङ् समुदायले सरकारको अनुकुलता अनुसार बिदा दिने प्रचलनले अन्त्य गर्दै सबै जातजातीको चाडपर्वको सम्मानमा दिदै आएको विदा कटौतीले दुखीत तुल्याएको बताएका छन् ।
कार्यक्रममा प्रजिअ कुरुम्बाङ्ले नेपालमा जुनसुकै जातजातीले मनाउदै आएको चाडपर्व र संस्कृतिलाई साझा बनाउन आवश्यक रहेको औल्याउनु भयो । मुलुकमा एकअर्काको चाडपर्व र संस्कृतिलाई साझा बनाउदा एकताको सन्देश दिनेछ प्रजिअ कुरुम्बाङ्ले भन्नुभयो,“सबैले सबै जातजातीको चाडपर्व, रितिरिवाज मान्न पाउने विकास हुन सक्यो भने बलियो राष्ट्र बन्छ ।” अधिकारका नाममा जहिले पनि आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य हुने प्रजिअ कुरुम्वाङ्को विश्वास छ । बहु साँस्कृतिक, बहु भाषिक रहेको मुलुकलाई साझा समस्याको पहिचान गरि एक जातीको पर्वलाई अर्को जातीलेले मेरो पनि चाडपर्व हो भन्ने विकास गर्नु जरुरी रहेको कुरुम्बाङ्को भनाई छ । हिमालले मान्दै आएको चाड तराई, पहाड र मधेशले, तराईले मान्दै आएको चाड हिमाल, पहाड र मधेशले, मधेशले मान्दै आएको चाड हिमाल, पहाड र तराईले मान्ने व्यवस्था सिर्जना गर्न सकेमा अधिकारको लडाई सधैका लागि अन्त्य हुने उहाँले बताउनु भयो ।
शुभकामना आदनप्रदान कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी, परिषदका केन्द्रिय सदस्य मिनबहादुर गुरुङ, गण्डकी प्रदेशका पदमराज गुरुङ, सोनी गुरुङ्, जनजाती महासंघ स्याङ्जाका अध्यक्ष जुमकाजी गुरुङ्, तमु सेवा इकाईका भोजराज गुरुङ, यामबहादुर गुरुङ लगायतका बक्ताहरुले धर्म संस्कृतिको संरक्षण गर्दै तमु ल्होसारको शुभकामना दिएका थिए । गएको बर्ष सरकार सगँ भएको सम्झौता अनुसार पुष १५ गते देशभर सार्वजनिक बिदा दिन समुदायले माग गरेका छन् । मृग वर्गको बिदाई, मुसा वर्गको स्वागत गर्दै नेपालभरका गुरुङ समुदायले तमु ल्होसार मनाउदै छन् । गुरुङ् समुदायको बसोवास रहेको क्षेत्रमा विविध कार्यक्रम गरी स्याङ्जामा तमु ल्होसार २०७६ मनाईरहेका छन् । जिल्ला अध्यक्ष रवि गुरुङ्को सभापतित्वमा सम्पन्न भएको शुभकामना आदनप्रदान कार्यक्रमको संचालन टिकराज गुरुङ् र स्वागत सोमबहादुर गुरुङ्ले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


