लियो क्लव वालिङद्धारा स्थापना दिवसका अवसरमा शैक्षिक सामाग्री र सेनेटरी प्याड बितरण ।

आँधीखोला खबर/वालिङ :
लियो क्लब अफ वालिङ सिटीले ६२ औं अन्तराष्ट्रिय स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरिरहेको छ । बिहिबार वालिङ प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा सरसफाई गरेको क्लवल शुक्रबार शैक्षिक सामग्री वितरण गरेको हो ।
क्लवले वालिङ १४ पेखुठानाम रहेको हिमशिखर आधारभुत विद्यालय शैक्षिक तथा सरसफाईका सामाग्री वितरण गरेको हो । शैक्षिक तथा सामग्री वितरण कार्यक्रममा बोल्दै लायन्स क्लब अफ ३२५ बी १ चिल्ड्रेन अवायरनेस चियरपर्सन चेतनारायण श्रेष्ठले लियोमा आवद्ध युवायुवतीको सामाजिक कार्य प्रति खुलेर प्रशंसा गर्नु भयो । उहाँले सामाजिक कार्यलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो । क्लवका अध्यक्ष विदुसा बस्नेतको सभापतित्वमा सदस्य राधा पंगेनीको स्वागत र सहसचिव हरि रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।


त्यस्तै उपल्लो पेखु माध्यमिक विद्यालयमा सेनेटरी प्याड वितरण गरिएको छ । क्लवका सदस्य मनिशा लामिछानेको संयोजनमा विद्यालयका छात्राहरुलाई १ सय ७० पिस सेनेटरी प्याड वितरण गरिएको क्लवले जनाएको छ ।
कार्यक्रममा लायन जोन चेयरपर्सन रामचन्द्र पोख्रेल , समाजसेवी राजु कुवर,हिमशिखर आधारभुत विद्यालयका प्रध्यानाध्यापक मित्रलाल खनाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । एन्जल श्रेष्ठ इन्द्र को संयोजकमा भएको कार्यक्रममा लियो क्लब अफ वालिङ सिटीका प्रथम उपाध्यक्ष दिक्षान्तप्रताप खाँणले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।
यसैबीच क्लवले शनिबार नेपाल आदर्श क्याम्पसमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष बिदुषा बस्नेतले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP